नेपालगन्ज । संघीय सांसद महेश्वर गहतराज (अथक) यतिखेर आफ्नो गृह जिल्लामा हुनुहुन्छ । कोरोना भाइरस (कोभिड-१९) जस्तो महामारीको महासंकटको बेला आफ्नो निर्वाचन क्षेत्रको बिकासका लागि सांसद अथक लाई भ्याइनभ्याई छ ।
आजै सांसद अथकको पहलमा दुरसंचार बिस्तारको लागि जिल्ला प्रशासन कार्यलयमा बैठक सम्पन्न भएकोछ । विशेष गरि बाँके क्षेत्र नं. १ मा पर्ने कचनापुर, कुसुम, गुर्दनगौरी, खयर भट्टि क्षेत्रमा मोबाइल फोन र इन्टरनेटको सुबिधा बिस्तारका लागि बैठक बसेको हो ।
प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङग् मार्फत बोलाइएको सो बैठकमा सांसद अथक, जिल्ला बन कार्यालयका प्रमुख मोहन प्रशाद श्रेष्ठ, दुरसंचार कार्यालय नेपालगन्जका प्रमुख नरेश कुमार यादव, शसस्त्र प्रहरी प्रमुख सहितको उपस्थिति रहेको थियो । दुर संचारका टावरहरु निर्माण गर्नुपर्ने र सो टावरहरु निर्माण गर्दा बन क्षेत्रमा पर्ने र बनको एेन कानुन अनुसार बन क्षेत्रमा इ आइ ई प्रतिबेदन नभइ कुनै पनि संरचना निर्माण गर्न नपाइने भएको हुदा समस्या भएको बन डिभिजन कार्यालय बाकेका प्रमुख मोहन प्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।
क्षेत्र नं. १ मा संचारको पहुच नभएका स्थानहरुमा इ आइ ई प्रतिबेदन तयार गरि टावर निर्माण कार्य अगाडी बढाउने समझदारी भएकोछ । सोमबार बसेको सो बैठकमा राप्तीसोनारी गाउपालिका वडा नं. ४ मा पर्ने गुर्दनगौरी खयर भट्टी क्षेत्रमा शसस्त्र प्रहरीको पोस्ट स्थापना गर्न तत्काल नापी कार्यालय बन र शसस्त्र प्रहरी सहितको कर्मचारी पठाउने जानकारी प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङगले गराउनु भयो । सांसद अथकले इ आइ इ रिपोर्टका लागि तत्काल पहल गर्ने पनि समझदारी भएको बताउनु भयो । सो क्षेत्रमा दुर संचारका टावरहरु निर्माण नहुदा जनताहरु संचार सुबिधाबाट बन्चित भएकाछन ।
सांसद अथक बाँके क्षेत्र नं. १ नेकपा तर्फबाट बिजयी नेता हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य समेत रहुनु भएका अथक बिकास प्रेमी नेताको कित्तामा गनिनु हुन्छ । भने क्षेत्र नं. १ ( क) बाट बिजयी प्रदेश सांसद कृष्णा केसी (नमुना) र संघीय सांसद अथकको सहकार्यमा त्यो क्षेत्रले निकै ठूलो बिकासको फड्को मारेको छ ।



