बाँकेमा भोलि ७ संक्रमित डिस्चार्ज हुँदै

  ।   २०७७ भाद्र २२, सोमबार २१:३८

बाँके । बाँकेका विभिन्न आइसोलेसन सेन्टरबाट भोलि मंगलबार ७ जना संक्रमित निको भएर डिस्चार्ज हुँदै छन् । डिस्चार्ज हुनेमा २ महिला र ५ पुरुष छन् ।

कोरोना फोकल पर्शन नरेश श्रेष्ठका अनुसार जम्मा संक्रमितको संख्या १२ सय ५७ पुगेको छ भने निको हुनेको संख्या ८ सय ३८ पुग्यो । विभिन्न आइसोलेसनमा ४ सय १२ जना उपचाररत छन् ।

हालसम्म मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Next Post

मनसुनको न्यूनचापीय रेखा औसतभन्दा माथि, केही ठाउँमा ठूलो वर्षा

२०७७ भाद्र २२, सोमबार २१:३८
काठमाण्डौ । देशका धेरै ठाउँको मौसम सामान्यदेखि पूर्ण बद्ली भएको छ । अहिले प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही ठाउँमा वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ रहेकाले मौसम बद्ली भई वर्षा भएको मौसमविद्ले बताएका छन् । यस्तै […]