बाँके खजुरा-६ का ४ सय २९ जनालाई सम्मान स्वरुप विभिन्न सामग्री वितरण

  ।   २०७९ पुष ३०, शनिबार २३:१७

बाँके । खजुरा गाउपालिकाका अध्यक्ष डम्बर बिक (तुफान) ले ९० बर्षिय सुकिया कोरीलाई स्विटर हस्तान्तरण गर्दै सम्मान जेष्ठ नागरिक कार्यक्रमको उद्घाटन गर्नु भयो । खजुरा-६ मा जेष्ठ नागरिक, अपाङ्ग, असहाय बालबालिका, अति विपन्न परिवारका विभिन्न व्यक्तिलाई सम्मन स्वरुप विभिन्न सामग्री वितरण गरिएको छ ।

२ सय ३३ जेष्ठ नागरिकलाई सुइटर, ६० जना अपाङ्गहरुलाई फाइवर कम्मल, ५० जना अति विपन्नलाई कम्मल, ८५ जना असहाय बालबालिकाहरुलाई स्कुल पोसाक वितरण गरिएको छ । जनमुखी काम गर्ने क्रममा यसरी समाजमा रहेका विभिन्न नागरिकहरुलाई सम्मान स्वरुप सामग्री वितरण गरेको अध्यक्ष तुफानले बताउनु भयो । अध्यक्ष तुफानले भन्नुभयो,´आउने दिनहरुमा लक्षित वर्गहरुको लागि कार्यक्रम गरि जनताको आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।`

कार्यक्रममा पालिका उपाध्यक्ष मन्जु मल्ल, इलाका प्रहरी कार्यालय धनौलिका इन्चार्ज प्रेम रेग्मी, वडा नं. ६ का अध्यक्ष फारुक शेष, वडा सदस्य यमुना घर्ती परियार, यमदिप घिमिरे, शान्ती शाही लगायतको उपस्थिति रहेको थियो ।

Next Post

बाँके खुजुराका अध्यक्ष तुफानले ४ अति विपन्न परिवारलाई गरे आवास हस्तान्तरण

२०७९ पुष ३०, शनिबार २३:१७
पुरन परियार                                                                      बाँके । खजुरा गाउपालिका वडा नं. ३ बि गाउँकाका अति विपन्न ४ परिवारले घरबास […]