व्यापारीदेखि जेन–जीसम्म बिष्टको संवाद-“सबैको माग मेरो जिम्मेवारी”

  ।   २०८२ माघ ११, आईतवार १९:०३

सबिता चन्द
नेपालगन्ज। बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आज छुट्टाछुट्टै रूपमा स्थानीय व्यापारी तथा जेन–जी युवासँग भेटघाट गर्नुभएको छ। फरक–फरक भेटमा उठेका समस्या, अपेक्षा र सुझावलाई गम्भीरतापूर्वक लिँदै बिष्टले ती मागहरूलाई आफ्ना प्राथमिक एजेन्डामा राख्ने स्पष्ट सन्देश दिनुभएको हो।

व्यापारीसँगको भेटमा बिष्टले बजारको अवस्था, कर तथा प्रशासनिक झन्झट, लगानीको सुरक्षा र रोजगारी सिर्जनाजस्ता विषयमा छलफल गर्नुभयो। आफू व्यवसायी पृष्ठभूमिबाट आएको उल्लेख गर्दै उहाँले व्यापार गर्दा भोगिने कठिनाइ आफूले नजिकबाट अनुभूति गरेको बताउनुभयो। “व्यापार सुरक्षित र सहज भए मात्र स्थानीय अर्थतन्त्र बलियो हुन्छ,” बिष्टको भनाइ थियो।

त्यसपछि जेन–जी युवासँगको संवादमा बिष्टले रोजगारी, सीप विकास, डिजिटल अवसर, शिक्षा र भविष्यप्रति युवाको चासो ध्यानपूर्वक सुन्नुभयो। युवाले उठाएका विषयप्रति गम्भीर रहेको बताउँदै बिष्टले भन्नुभयो, “जेन–जीको सोच र ऊर्जाबिनाको विकास सम्भव छैन।”
फरक समूहसँग फरक सन्दर्भमा गरिएको संवादले बिष्टको अभियानलाई थप अर्थपूर्ण बनाएको सहभागीहरूको प्रतिक्रिया छ। व्यापारीले उहाँलाई पीडा बुझेको प्रतिनिधिका रूपमा हेरेका छन् भने जेन–जी युवाले आफ्नो आवाज सुन्ने नेताको रूपमा मूल्यांकन गरेका छन्।

व्यापार र युवाको भविष्यलाई एउटै धारमा जोड्दै अघि बढिरहेका दिपेन्द्र बिष्टको यो पहलले बाँके–२ मा चुनावी बहसलाई थप गहिरो बनाएको देखिन्छ।

Next Post

नेपालगन्ज २१ मा चुनावी उत्साह-सम्पर्क कार्यालय उद्घाटनसँगै जनआशा थप मजबुत

२०८२ माघ ११, आईतवार १९:०३
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ मा पनि चुनावी माहोल थप सक्रिय बनेको छ। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको अभियानलाई बल पुग्ने गरी आज प्रचार–प्रसार सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ। उद्घाटनसँगै वडा २१ मा राजनीतिक चहलपहल र जनउत्साह स्पष्ट देखिएको छ। उद्घाटन कार्यक्रममा नेता–कार्यकर्ता, स्थानीय बुद्धिजीवी, युवा […]

सम्बन्धित शीर्षक