पत्रकार प्रेम केसीलाई मातृ शोक

  ।   २०७९ असार २४, शुक्रबार १५:४०

संवाददाता, नेपालगंज ।

नेपाल प्रेस युनियनका उप–महासचिव एवम् नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष प्रेम केसीलाई मातृ शोक परेको छ ।

केसीको आमा सरस्वती केसीको ७० वर्षको उमेरमा नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा आज बिहान साढे ८ बजेतिर निधन भएको हो ।

उहाँको असामयिक निधनप्रति नेपाल प्रेस युनियन बाँके शाखाले शोक वक्तब्य जारी गरी शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि समवेदना प्रकट गरेको छ ।

परिवारका अनुसार सरस्वती केसीले केही समयदेखी मधुमेह रोगको उपचार गराइरहनु भएको थियो ।

फोटो सौजन्य दुरसंञ्चार डटकमबाट

 

Next Post

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन

२०७९ असार २४, शुक्रबार १५:४०
संवाददाता । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली प्रहार गरी भएको हमलामा निधन भएको छ । उहाँ ६७ वर्षका रहनुभएको थियो । एउटा निर्वाचन अभियानमा सहभागी हुनुभएका बेला उहाँमाथि गोली प्रहार भएको हो । जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नुभएका शिन्जो आबे आफ्नो कट्टर नीति तथा ’आबेनोमिक्स’ सङ्ज्ञा दिइएको मौलिक आर्थिक […]

सम्बन्धित शीर्षक