नेपालगञ्ज / मेची—महाकाली बुहारी संयुक्त आवाज लुम्विनी प्रदेशको सह-संयोजकमा बाँकेकी अधिकारकर्मी रेणुका खड्का मनोनीत हुनु भएको छ ।
महिला सशक्तीकरणका लाागि सामाजिक अभियानकै रुपमा क्रियाशिल मेची महाकाली बुहारी संयुक्त आवाजकी केद्रीय अध्यक्ष यमु शर्मा सुब्बा र उपाध्यक्ष चन्द्रा काफ्लेद्धारा मनोनय गरिएको पत्र सोमबार खड्कालाई प्रदान गएिको हो । कोहलपुर— ५ निवासी खड्का महिला अधिकार, राजनीति र सामाजिक क्षेत्रमा क्रियाशिल रहदै आउनु भएको छ ।
नेकपा नेतृ समेत रहनु भएकी खड्काले मनोनयनपछि मेची—महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिति अध्यक्ष सुव्वा र प्रदेश संयोजक लता खड्का लगायतलाई सामाजिक सञ्जालमार्फत हार्दिक आभार व्यक्त गुर्नु भएको छ ।
महिला हिंसा विरुद्ध क्रियाशिल सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरेर आफ्नो क्रियाशीलता र गतिशीलतालाई बढाउने खडकाले विश्वास दिलाउनु भयो ।