विस्फोटबाट थलिएको लेबनानमा कोरोना फैलियो

  ।   २०७७ भाद्र २, मंगलवार ०७:१५

दुई साताअघि भयानक विस्फोटका कारण थलिएको लेबनानमा एकैदिन ४३९ जना कोरोना संक्रमित थपिएका छन् । ६ जनाको मृत्यु भएको छ।

बेरुतस्थित बन्दरगाहमा वर्षौंदेखि भण्डारण गरेर राखिएको एक दुई हजार ७५० टन एमोनियम नाइट्रेड अगष्ट ४ तारिखमा विस्फोट भएको थियो। विस्फोटमा परी २२० जनाले ज्यान गुमाएका थिए भने ६ हजार मानिस घाइते छन्।

त्यहाँका कार्यवाहक स्वास्थ्यमन्त्री हमद हसनले राजधानी बेरुतमा दुई साताका लागि लकडाउन घोषणा गरेका छन्।

विस्फोटपछि बेरुतमा सरकारविरोधी प्रदर्शन भएको थियो। सो प्रदर्शनमा हजारौं मानिस सहभागी भएको र सोही कारण संक्रमण बढेको अनुमान गरिएको छ। प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्का सबै सदस्यले राजीनामा दिएका छन् ।

बेरुत विस्फोटका कारण लेबनानलाई तीन अर्ब डलर बराबरको आर्थिक नोक्सानी भएको छ। यसको प्रभाव लामो समयसम्म चलिरहने र देशको अर्थव्यवस्थामा कम्तिमा १५ अर्ब डलर क्षति पुग्ने अनुमान गरिएको छ। थाहाखबर

Next Post

लकडाउनको मोडालिटी परिवर्तन हुनसक्ने

२०७७ भाद्र २, मंगलवार ०७:१५
काठमाडौं । सरकारले हाल जारी लकडाउनको मोडालिटी परिवर्तन गर्नेबारे छलफल चलाएको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि योजना पेश गर्न सिसिएमसीलाई निर्देशन दिएको हो । कोरोना संक्रमण व्यापक रुपमा फैलिएको भन्दै मन्त्रीहरुले फेरि लकडाउन गर्नुपर्ने राय राखेपछि प्रधानमन्त्री केपी ओलीले रोकथामका लागि उपाय पेश […]

सम्बन्धित शीर्षक