सिरिया बम बिस्फोटमा १२ जनाको मृत्यु, २९ जना भन्दा बढी घाइते

  ।   २०७७ माघ १९, सोमबार ०८:०२

काठमाडौं । उत्तरपश्चिम सिरियामा कार बम बिस्फोट हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ ।
श्रृंखलावद्ध रुपमा भएका बिस्फोटमा परेर कम्तिमा २९ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विद्रोही लडाकूहरुको नियन्त्रणमा रहेका क्षेत्रमा विस्फोट भएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् । सिरियाको समर्थमा रहेको सो विद्रोही समूहले सिरियाका विभिन्न क्षेत्रमा हिंसात्मक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरुमा निरन्तर आक्रमण भइरहेको बताइएको छ । गघिल्लो महिनाभर सो क्षेत्रमा कम्तिमा १ दर्जनभन्दा बढी विस्फोटका घटनाहरु भएको बताइएको छ ।

सिरियाको सरकारी समाचार एजेन्सी सानाले कुर्द नेतृत्वको सिरियाली डेमोक्र्याटिक फोर्सेज (एसडिएफ) विरुद्ध विरोध प्रदर्शन गर्दै सरकार समर्थक प्रदर्शनकारीहरुमाथि आक्रमण भएपछि गोली हानाहानको घटना भएको उल्लेख गरेको छ ।

सिरियाका कुर्द समुदायका लडाकूहरुले सन् २०११ देखि जातीय युद्ध सुरु गरेसँगै सिरियामा हिंसात्मक घटनाहरु भइरहेका छन् । एजेन्सी

Next Post

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

२०७७ माघ १९, सोमबार ०८:०२
काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । खेल बिहान साढे ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । अहिलेसम्म खेलेको चार खेलमा विराटनगरले दुईमा जित एकमा बराबरी र एकमा हार ब्यहोरेको छ । विराटनगर […]