राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

  ।   २०७७ माघ १९, सोमबार ०८:०५

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् ।

आजको पहिलो खेलमा विराटनगर महानगरपालिका र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।

खेल बिहान साढे ११ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । अहिलेसम्म खेलेको चार खेलमा विराटनगरले दुईमा जित एकमा बराबरी र एकमा हार ब्यहोरेको छ ।

विराटनगर तालिकाको सातौं स्थानमा छ । यस्तै आजै हुने अर्को खेलमा एपीएफ क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिका खेल्दै छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा नै दिउँसो साढे २ बजे हुनेछ ।

अहिलेसम्म खेलेका पाँच खेलमा पाँचौं खेल जितेको एपीएफ आज पनि जित निकाल्दै अपराजित यात्रा कायमै राख्न चाहन्छ । चौदण्डीगढी भने चार खेलमा सबैमा हार ब्यहोर्दै तालिकाको पुछारमा छ ।

प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको थियो ।

Next Post

प्रिमियर लिग अन्तर्गत बर्नलीसँगको खेलमा चेल्सी विजयी

२०७७ माघ १९, सोमबार ०८:०५
काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा खेलको ४० औँ मिनेटमा सिजर अपिलिकुटा र ८४ औँ मिनेटमा मार्कोस अलोन्सोले एक गोल गरे । २१ खेल खेलेको चेल्सी अंक तालिकामा ३३ अंकका साथ […]

सम्बन्धित समाचार