प्रिमियर लिग अन्तर्गत बर्नलीसँगको खेलमा चेल्सी विजयी

  ।   २०७७ माघ १९, सोमबार ०८:०६

काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी विजयी भएको छ । गएराति भएको खेलमा चेल्सीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा खेलको ४० औँ मिनेटमा सिजर अपिलिकुटा र ८४ औँ मिनेटमा मार्कोस अलोन्सोले एक गोल गरे । २१ खेल खेलेको चेल्सी अंक तालिकामा ३३ अंकका साथ सातौँ स्थानमा उक्लिएको छ ।​

बर्नली भने १६ औँ स्थानमा छ । यस्तै, गएराति नै भएका अरु खेलमा लिड्स युनाइटेडले लेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराएको छ । यस्तै, ब्राइटनले टोटनह्यामलाई र एस्टोन भिल्लाले साउथह्याम्टनलाई समान १–० गोल अन्तरले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

म्यानमारको शासन सेनाको हातमा, एक वर्षका लागि संकटकाल घोषणा

२०७७ माघ १९, सोमबार ०८:०६
एजेन्सी । म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको छ। सेना समर्थित टेलिभिजनबाट भिडिओ जारी गर्दै सेनाले एक वर्षका लागि संकटकाल घोषणा गरेको हो। गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरूलाई पक्राउ गरिएको सेनाले जनाएको छ। आजै बिहान स्टेट काउन्सिलर आङ सान सुकी, राष्ट्रपति विन मिन्टलगायत नेतालाई नियन्त्रणमा लिएको सेनाले […]