दाङमा पाँचौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप हुने

  ।   २०७८ श्रावण २५, सोमबार ०७:१९


दाङ । दाङमा पाँचौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ । नेपाल मार्सल आर्स्ट हाप्किडो संघ दाङको आयोजना घोराहीमा प्रतियोगिता हुन थालेको हो ।

नेपाल मार्सल आर्टस हाप्किडो संघ दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय प्रतियोगिता आगामी पुस १३ गतेदेखि १६ गतेसम्म चार दिन गर्न थालेको जानकारी दिएको हो । कोरोनाका कारण सुस्त बनेको खेलकुद क्षेत्रलाई चलायमान बनाउँदै खेलाडीको स्तरवृद्धि र खेल क्षेको विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल मार्सल आर्टस हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तिमगरले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा देशका सातै प्रदेशका खेलाडीहरूको सहभागिता हुनेछ । “खेललाई विकासका लागि सातै प्रदेशका खेलाडीलाई समेट्ने गरी दाङमा पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता गर्दैछौँ, यसले खेलाडीमा खेलप्रति आकर्षण बढाउने हामीले अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो ।

उहाँले प्रतियोगितामा सेमिनार समेत हुने भएकाले खेलाडी, प्रशिक्षक, अतिथिलगायत करिब सात सय जनाको सहभागिता हुने बताउनुभयो ।

पुसमा हुने प्रतियोगितामा खेलाडीहरूले सेल्फ डिफेन्स, डेमोन्स्टे«सन, हाइफल, लङ फलमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ दस तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जसअन्तर्गत २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५ र ६५–७० गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने आयोजक नेपाल मार्सल आर्टस हाप्किडो संघ दाङका अध्यक्ष भुवन बुढामगरले बताउनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा प्रत्यक तौल समूहमा पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरूलाई नगद पुस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा विनाशुल्क खेलाडीहरू सहभागिता हुन पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा ग्लोबल हाप्किडो फेडेरेसनका अध्यक्ष तथा ग्राण्ड मास्टर हि क्वान लीलगायतका व्यक्तिहरूको उपस्थिति हुने नेपाल मार्सल आर्टस हाप्किडो संघका केन्द्रीय महासचिव सुवर्ण बिसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितालाई सफल बनाउनका लागि अहिलेदेखि नै तयारी थालिएको छ ।

नेपाल मार्सल आर्टस हाप्किडो संघले सन २०२२ को अगस्ट महिनामा हाप्किडो सम्वन्धी काठमाडौंमा अन्तर्राष्ट्रिय सेमिनार गर्न थालेको छ । उक्त सम्मेलनमा विभिन्न ५० देशका प्रतिनिधिहरूको सहभागिता गराउने लक्ष्य राखिएको संघले जनाएको छ । -बाह्रखरी

Next Post

विद्यालयको बदमासी ढाकछोप गर्न एसइईको नतिजा गोप्य

२०७८ श्रावण २५, सोमबार ०७:१९
काठमाडौँ । यस पटक ४ लाख ८४ हजार २ सय ७८ विद्यार्थीले माध्यामिक तह कक्षा १० (एसइई) को परीक्षा दिएका थिए। बोर्डले ११ हजार ६ सय विद्यालयले पठाएको नतिजालाई प्रमाणीकरण गरि शनिबार नतिजा प्रकाशित गरेको छ। तर आफैले सर्वाजनिक गरेको नतिजा सञ्चारकर्मी र सञ्चार क्षेत्रमा उपलब्ध नगराउनु विद्यालयले दिएको अस्वभाविक […]