बाँके जिल्लाबाट आज थप ३७ जना कोरोना जितेर घर फर्किदै

  ।   २०७७ कार्तिक १०, सोमबार १०:०७

बाँके । बाँके जिल्लाबाट आज (सोमबार) कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएका ३७ जना निको भइ डिस्चार्ज हुँदैछन् ।

जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा १५ जना महिला र २२ जना पुरुष रहेका छन् । यससँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या दुई हजार ६२२ पुगेको छ ।

बाँकेमा हालसम्म दुई हजार ९९० जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डी.सीसी.एम.सी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३० जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले ३५६ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।

बाँकेमा बिरामी निको हुने दर ८७.६९ प्रतिशत, मृत्यु दर १.०० प्रतिशत र रोगको प्रकोप दर ०.५० प्रतिशत रहेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (डी.सीसी.एम.सी) बाँकेले जनाएको छ ।

Next Post

चीनको काशगार सहरमा एक जनामा कोरोना सङ्क्रमण देखिएपछि पुरै सहरबासीको पीसीआर गरिँदै

२०७७ कार्तिक १०, सोमबार १०:०७
एजेन्सी । चीनले सिन्जियाङ् प्रान्तको काशगार शहरका झण्डै ४७ लाख मानिसको एकैपटक कोरोना परीक्षण गर्ने भएको छ । काशगारको शुफु काउन्टीमा रहेको एउटा गार्मेन्ट उद्योगमा काम गर्ने एक महिलामा लक्षणविनाको सङ्क्रमण देखिएपछि त्यहाँ परीक्षणलाई व्यापक बनाएको बीबीसीले जनाएको छ । अहिलेसम्म लक्षण नदेखिएका एक सय ३८ सङ्क्रमित फेला गरेका छन् […]