नेपालगन्जको त्रिभुवन चोकमा बर्षौ देखि स्थापित श्रम बजार अब रामलिला मैदानमा

  ।   २०७७ भाद्र २७, शनिबार २२:०६

नेपालगन्ज । लामो समय देखि श्रम खरिद-विक्री गर्ने स्थान अन्यत्र सर्ने भएको छ । कोभिड-१९ सन्त्रासको कारण पुस्तौंदेखि संचालनमा आएको नेपालगन्ज त्रिभुवन चोकबाट सरेर नेपालगन्ज कै राम लिलाम मैदानमा सार्ने भएको स्रोतले जनाएको छ ।

आइतबार देखि श्रम बिक्री गर्ने र खरिद गर्ने व्यक्तिहरु राम लिला मैदानमा जानुपर्ने भएको छ । बर्षौ देखि श्रम बजारको रुपमा स्थापित त्रिभुवन चोक साघुरो भएपछि राम लिला मैदानमा व्यवस्थापन गरिएको हो । बिहान पर्ख भिड लाग्ने त्रिभुवन चोक अब खाली भएर राम लिला मैदान भिडभडाका हुने छ ।

रोकोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न श्रमिकहरुको बजार स्थानान्तरण गरिएको स्वास्थ्य फोकल पर्शन नरेश बाबु श्रेष्ठले बताउनु भयो । फोकल पर्शन श्रेष्ठका अनुसार कोरोका सर्ने जोखिम नियन्त्रण गर्न राम लिला मैदानमा श्रमिकलाई बजार व्यवस्थापन गर्ने उपाए खोजिएको छ ।

रामलिला मैदानमा श्रमिकहरुलाइ शारीरिक दुरि कायम गरि श्रम किन बेच गर्ने प्राबधान गरिने समेत श्रेष्ठले बताउनु भयो । यसका लागि प्रहरीको लिइने छ ।

रामलिला मैदानमा सामाजिक दुरी कायम गर्नकालागि प्रहरीको सहयोग लिएर व्यवस्थापन गरिने बताईएको छ ।

Next Post

अक्सफोर्ड विश्वविद्यालयले कोरोना विरुद्धको खोपको फेरि परीक्षण सुरु गर्ने

२०७७ भाद्र २७, शनिबार २२:०६
काठमाण्डौ । अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोना भाइरस विरुद्धको खोपको फेरि परीक्षण सुरु हुने भएको छ। बेलायतमा भइरहेको तेस्रो चरणको विस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका केही व्यक्तिमा रियाक्सन देखिएपछि केही दिनअगाडि खोप परीक्षण रोकिएको थियो । विश्वविद्यालयले एस्ट्राजेनेकासँग मिलेर खोप बनाएका हो । धेरै संख्यामा खोपको परीक्षण गर्दा केही व्यक्तिमा […]

सम्बन्धित समाचार