संवाददाता
नेपालगंज । उपचारका लागी बाहिरी जिल्लाबाट बाँकेमा आई मृत्यु हुने कोरोना संक्रमितको संख्या ९३ जना पुगेको छ ।
आज मात्रै पनि भेरी अस्पताल नेपालगंजमा सुर्खेत गुर्भाकोट १३ का ३१ वर्षिय पुरुषको मृत्यु भएको हो । उहाँको पिसिआर जाँच २०७७ चैत्र ३१ गते नेपालगज मेडिकल कलेजमा गर्दा पोजिटिभ आई भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
मृतक पुरुष १ हप्ता अगाडी मात्र भारतबाट आउनु भएको र स्वास्थ्यमा स्वास फेर्न गाह्रो भए पछि नेपालगंज मेडिकल कलेज उपचार गर्न लगिएको थियो । उहाँलाई पहिले कुनै दीर्घ रोग नभएको जनाईएको छ ।