नेपालगंज न्युरोडबाट नक्कली नोटको कारोबारी पक्राउ

  ।   २०७९ फाल्गुन ४, बिहीबार १६:४८

संवाददाता, नेपालगंज

नेपाली रुपैयाँको (नक्कली नोट) सहित ३ जना पक्राउ परेका छन ।

बुधबार साँझ साढे ५ बजेतिर बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर ४ न्युरोडमा नक्कली नोटको कारोबार भईरहेको अवस्थामा १ हजार रुपैंयाँ दरका नक्कली नोट ५ लाख ६९ हजार रुपैयाँ सहित तीन जना ब्यक्ति पक्राउ परेका हुन ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ्ग र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटि गएको प्रहरी टोलीले अछाम तुर्माखाद गाउँपालिका वडा नम्बर ३ का ३७ बर्षिय दिपक वि.सी., सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ का ३० बर्षिय मोहन राना र बाँके कोहलपुर नगरपालिका वडा नम्बर ११ का ३२ बर्षिय मोहन कुमाईलाई पक्राउ गरी सार्वजनिक गर्दै कारबाही प्रक्रिया अगाडि बढाईएको जनाएको छ ।

Next Post

रोजगारीको सवालमा संवाद

२०७९ फाल्गुन ४, बिहीबार १६:४८
संवाददाता, गुलरिया । युवा महिलाहरुको रोजगारी प्रर्वद्धनमा स्थानीय अवसर, संम्भावना तथा आगामी प्राथामिकता बिषयक संवाद बर्दियाको गुलरियामा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवले गत बुधबार (फागुन ३ गते) आयोजना गरेको संवादमा स्थानीय तहमा रोजगारी सृजना गर्ने सवाल, महिलाहरुको आर्थिक सशक्तिकरण, समन्वय, सहकार्य, सहुलियपूर्ण कर्जा, पहँुच […]