राप्तिसोनारी महिला  नेतृ तृष्णा स्यानताङ लामा संगै दर्जनौं माओवादी केन्द्रमा प्रवेश

  ।   २०७८ फाल्गुन २६, बिहीबार १९:२३

नेपालगन्ज । माओवादी केन्द्र पार्टी परित्याग गरेर नेपाली काँग्रेस प्रवेश गरेकी बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ की महिला नेतृ तृष्णा स्यानताङ लामा पुनः माओवादी केन्द्र आफ्नै घरमा फर्किनु भएको छ ।

नेतृ लामा बिहिवार राप्तिसोनारी-६ सहिद स्मृति पार्कमा आयोजित एक कार्यक्रमबीच पुनः आफ्नै घर माओवादी केन्द्रमा फर्किनु भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अमर खड्काले जानकारी दिनुभयो  ।

नेतृ लामालाई माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला संयोजक आइपी खरेल, प्रदेश सदस्य अमर खड्का, पट्टु थारु, मन्जु रोकाय, गाउँपालिका अध्यक्ष चिमबहादुर घर्ती लगायत मार्फत स्वागत गरिएको छ ।
नेतृ लामाले केही समय पहिले पार्टी प्रति आफ्नो केही असन्तुष्टि रहेको भन्दै माओवादी छाडेर काँग्रेस प्रवेश गरेको बताउनु भएको थियो । राप्तीसोनारीको राजनितीमा महिला नेतृ लामाको ठूलो प्रभाव रहेको स्थानीय बताउँछन् । नेतृ लामा संगै नेपाली कांग्रेस परित्याग गरि सुन्दरी थारु, पिनि थारु, निर्मा थारु, रामदिन थारु, सुरेन्द्र चौधरी, रामलखन थारु, पृथ्वी थारु<span;> लगायत दर्जनौं नेता कार्यकर्ता माओवादी केन्द्रमा पर्वेश गरेका गाउपालिका सचिव सुर्यप्रकाश घर्तिले बताउनु भयो ।

Next Post

९ सय २५ जना पत्रकारको दुर्घटना वीमा गरियो

२०७८ फाल्गुन २६, बिहीबार १९:२३
संवाददाता । लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना वीमा गरिएको छ । पत्रकारिता गर्ने क्रममा पत्रकारहरु भब्यतब्य दुर्घटनामा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना बीमा गरिएको हो । लुम्बिनी प्रदेश सरकारको ७ लाख रुपैयाँ सहयोगमा पत्रकारहरुका लागि आज आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय रुपमा […]