कोहलपर । नेपाल मुद्रण उद्योग संघ बाँकेको अध्यक्षमा मिसन मल्टिमिडिया प्रा.लि.का प्रबन्धक, मिसन अपसेट प्रेसका सञ्चालक विनोद पौडेल चयन हुनुभएको छ ।
शनिबार नेपालगञ्जमा सम्पन्न भएको जिल्ला भेलाले युवा व्यवसायी तथा सञ्चार उद्यमी पौडेललाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
संघको उपाध्यक्षमा विधान न्यौपाने र चिन्तामणि उपाध्याय, सचिवमा नोखराज रावत र कोषाध्यक्षमा मोहम्मद वहाव खाँलाई चयन गरिएको छ ।
संघको सदस्यहरुमा हरिप्रसाद ज्ञवाली, मिना ढकाल, ढक बहादुर थारु, दुर्गा प्रसाद रेग्मी र सुवास ठठरे रहनुभएको छ । यसैगरी सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।
जसमा पूर्णलाल चुके, मेघराज ओली, तपेन्द्र विक्रम शाह, मिना सुवेदी ढकाल, ज्योतिलाल भण्डारी, चण्डीप्रसाद गैरै र कुशुम बस्नेत रहनुभएको छ ।