विद्यार्थीकाल देखी माओवादीको राजनीतिमा सक्रिय दिपेन्द्र धिताल (अर्थोक) वडा अध्यक्षको दाबेदार

  ।   २०७८ चैत्र ८, मंगलवार १४:०२

संवाददाता, नेपालगंज

राजनीति तर्फ युवा आकार्षण बढ्दो छ । विगतमा झै आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पनि धेरै नयाँ युवाले जनसेवा गर्ने इच्छा ब्यक्त गरिरहेका छन ।

सोही मध्येका एक दिपेन्द्र धिताल (अर्थोक) पनि हुनुुहुन्छ । राजनीति र जनसेवालाई नजिकबाट नियाली रहनुभएका २९ बर्षिय उहाँले यसपटक नेपालगंज ९ को वडा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।

उहाँले भन्नुभयो, ‘वडाबासी सँग भिजेको, सबैको घरदैलोमा पुगी त्यहाँको समस्याबारे जानकार भई ठुलो भीजन बोकी, वडाबासीका एजेन्डा स्पष्ट सँग उप–नगर र विभिन्न सरोकारवाला निकाय सँग राख्न सक्ने, राम्रो शैक्षिक योग्यता भएको, योजना बनाउन सक्ने सक्षम र जन–लोकप्रिय इमानदार युवा भएकाले उम्मेदवारी दिदैछु । मलाई वडाबासीको साथ, समर्थन राम्रो छ ।’

विद्यार्थीकाल देखी नै राजनीतिक क्षेत्रमा क्रियाशिल दिपेन्द्र धिताल (अर्थोक) हाल नेकपा माओवादी केन्द्र नेपालगंज उप–महानगर कमिटी सदस्य तथा ९ नम्बर वडा कमिटी पुर्व अध्यक्ष समेत रहिसक्नु भएको छ । राजनीति शास्त्रमा बीए गर्नुभएका अर्थोकले कम्युटर ओभरसियरको शैक्षिक उपाधी पनि प्राप्त गर्नुभएको छ ।

दिपेन्द्र धिताल (अर्थोक) को राजनीतिक यात्रा :

२०६५ – अखिल क्रान्तिकारी युनाईटेड स्कुल कमिटी इकाई कोषाध्याक्ष (टिकापुर कैलाली)
२०६८ – अखिल क्रान्तिकारी इकाइ सदस्य (कोटेश्वर बहुमुखी क्याम्पस) काठमाडौं
२०७० – अखिल क्रान्तिकारी जिल्ला समिति सदस्य (सीटीइभीटी पश्चिम)
२०७१ – अखिल क्रान्तिकारी निर्वाचित जिल्ला सह–सचिव
२०७३ – अखिल क्रान्तिकारी केन्द्रिय सदस्य
२०७८ – नेकपा माओवादी केन्द्र नेपालगंज उप–महानगरपालिका वडा नं. ९ अध्यक्ष (हाल निवर्तमान)
२०७८ – नेकपा माओवादी केन्द्र नेपालगंज उप–महानगर कमिटी सदस्य

Next Post

नेपालगन्ज माओवादी केन्द्रको विस्तारित बैठक

२०७८ चैत्र ८, मंगलवार १४:०२
नेपालगन्ज । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा चहलपहल बढेको छ । सबै दलले आ-आफ्नो प्रचार कार्य बढाइ रहेको बेला नेपालगन्ज माओवादी केन्द्रले आफ्नो संगठन सुदृढीकरण गरे लगतै समिक्षा र जनप्रतिनिधि चुन्न विस्तारित बैठक शुरु गरेको छ । केन्द्रिय सदस्य, प्रदेश पदाधिकारी, सदस्य, उपमहानगर समिति, भात्री संगठन, सुबेच्छुक संगठका अध्यक्ष बोलाएर […]

सम्बन्धित शीर्षक