अक्सफोर्ड विश्वविद्यालयको कोरोना खोप परीक्षण स्थगित

  ।   २०७७ भाद्र २४, बुधबार ०७:५६

एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका एक व्यक्ति बिरामी परेपछि क्लिनिकल परीक्षण स्थगित भएको छ ।

खोपको तेस्रो चरणको परीक्षणमा विश्वविद्यालयले विश्वका विभिन्न ठाउँमा गरी झण्डै ३० हजार मानिसलाई सहभागी गराएको थियो । तीमध्ये एक जना बिरामी परेपछि सबै ठाउँमा भइरहेको परीक्षण रोकेर स्वतन्त्र जाँचको तयारी थालेको बीबीसीले जनाएको छ ।

जाँचपछि सुरक्षा मानकको समिक्षा गरेर मात्रै परीक्षण पुनः शुरु गर्ने वा नगर्ने निर्णय हुन्छ । यो घटनाले सबैभन्दा पहिले प्रयोगमा आउने र सुरक्षित हुने ठानिएको खोपको परीक्षण नै स्थगित भएपछि कोरोना विरुद्धको अभियानमा धक्का लागेको बीबीसीले जनाएको छ ।

अहिले विश्वभरमा झण्डै एक दर्जन ठाउँमा कोरोना विरुद्धको खोपको परीक्षण भैरहेको छ । तीमध्ये सबैभन्दा अगाडि अक्सफोर्ड विश्वविद्यालयको परीक्षण रहेको छ । अक्सफोर्ड विश्वविद्यालयले बनाएको खोपको तेश्रो परीक्षण चल्दै थियो । यो परीक्षण सफल भएमा उत्पादनमा जान सकिने खबरमा उल्लेख छ । तर खोप लिएका एक व्यक्ति बिरामी परेपछि परीक्षण नै स्थगित भएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका प्रवक्ताले ठूलो ट्रायलमा बिरामी हुने सम्भावनाहरु रहने तर यसको सावधानीपूर्वक जाँच आवश्यक रहेको बताएका बीबीसीले जनाएको छ । धेरै संख्यामा परीक्षण गर्दा एकाध व्यक्ति बिरामी पर्नु सामान्य रहेको विज्ञहरु बताउँछन् । तर ती व्यक्तिको अस्पतालमा जाँच गर्दा बिरामी पर्नुको कारण पत्ता नलागेमा त्यो खोप उत्पादन नै रोकिने बीबीसीले जनाएको छ । उज्यालो अनलाइन

Next Post

आज ७७ जना संक्रमित डिस्चार्ज हुँदै

२०७७ भाद्र २४, बुधबार ०७:५६
बाँके । बाँकेका विभिन्न आइसोलेसन केन्द्रबाट आज बुधबार ७७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज हुँदै छन् । जसमध्ये महिला ५ जना र पुरुष ७२ जना हुन् । कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जारी गरेको रिपोर्ट अनुसार ७७ जना संक्रमित डिस्चार्ज हुन लागेका हुन् । ७७ जना डिस्चार्ज हुने भए […]