
संवाददाता ।
लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना वीमा गरिएको छ । पत्रकारिता गर्ने क्रममा पत्रकारहरु भब्यतब्य दुर्घटनामा परेको अवस्थामा आर्थिक सहयोग पुग्ने गरी निःशुल्क दुर्घटना बीमा गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको ७ लाख रुपैयाँ सहयोगमा पत्रकारहरुका लागि आज आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमा त्रिपक्षीय रुपमा सम्झौता गरिएको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, राष्ट्रिय वीमा कम्पनी लिमिटेड भैरहवा र पत्रकार महासंघ लुम्बिनी प्रदेशबीच आपसी सम्झौता गरिएको हो ।
मन्त्रालयको तर्फबाट उपसचिव दामोदर भण्डारी, वीमा कम्पनी भैरहवा शाखाका प्रमुख सुजन न्यौपाने र पत्रकार महासंघ लुम्बिनीका अध्यक्ष बसन्त गिरीबीच कानुनी प्रक्रिया प¥याएर सम्झौता गरिएको छ ।
सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा (हिमाल) ले पत्रकारहरुसंँग आगामी दिनमा पनि थप सहयोगका कार्यक्रमहरु गर्न समन्वय गरेर अघि बढ्ने जानकारी गराउनुभएको छ ।





