गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक सगैं विक्री शुरु

  ।   २०८० आश्विन ७, आईतवार १६:५६

संवाददाता, नेपालगंज ।

नेपाल राष्ट्र बैंकले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक गरेको छ । सिक्का गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमका बीच सार्वजनिक गर्नुभएको हो ।

जसमा १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री शुरु पनि गरिएको हो । १० ग्राम सिक्काको रु १,६०० र २५ ग्राम सिक्काको रु ४,००० मूल्य निर्धारण गरिएको छ ।

बैंकसँग मौज्दात रहेको चाँदीलाई गलान गरी मेडालियन सिक्का टकमरी गरिएको हो । दुवै सिक्कामा ९९९ टचको चाँदीको प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ ।

 

Next Post

विभिन्न निर्णय गर्दै माओवादी केन्द्र बाँकेको सचिवालय बैठक सम्पन्न

२०८० आश्विन ७, आईतवार १६:५६
बाँके । नेकपा माओवादी केन्द्र बाँके जिल्ला समन्वय समितिको बैठक विभिन्न निर्णयहरु गर्दै सम्पन्न भएको छ । आइतवार खजुरा गाउँपालिकाको वडा नम्बर २ स्थित रिमझिम बजारमा सम्पन्न सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको माओवादी केन्द्र बाँकेका सचिव डिल्ली बरालले जानकारी दिनु भयो । जिल्ला संयोजक नरेन्द्रप्रसाद पाण्डे जेम्सको अध्यक्षता र बाँके […]