कोरोनाविरुद्धको पहिलो चरणको दोस्रो खोप अभियान आजदेखि

  ।   २०७७ फाल्गुन २, आईतवार ०७:५६

काठमाण्डौ । सरकारले पहिलो चरणको दोस्रो अभियानअन्तर्गत आजदेखि कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप वितरण गर्दैछ ।

दोस्रो अभियान अन्तर्गत आजदेखि ८ गतेसम्म देशका ७७ जिल्लाका सरकारी संस्थान, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थामा काम गर्ने र पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइने स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले बताउनुभयो ।

यसबाहेक काठमाण्डौ बाहिर कार्यरत पत्रकार तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप दिने तयारी छ । यसअघि पहिलो चरण अन्तर्गत सरकारले पत्रकार, कूटनीतिक नियोगका कर्मचारी र दूतावासका कर्मचारीलाई खोप दिएको थियो । त्यसअघि अग्रपङ्क्तिमा खटिएका डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मीलगायतलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइएको थियो ।

पहिलो प्राथमिकतामा परेका व्यक्तिबाट बचेको खोप अहिले दोस्रो अभियानअन्तर्गत लगाउने तयारी गरिएको हो । यसअघि पहिलो प्राथमिकतामा परेका चार लाख ३० हजार जनालाई पहिलो प्राथमिकतामा राखे पनि अहिलेसम्म एक लाख ९० हजारभन्दा धेरैले मात्र खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डाक्टर तारानाथ पोखरेलले खोप लगाएकाहरुलाई अहिलेसम्म गम्भीर खालका स्वास्थ्य समस्या देखिएको छैन । तर, टाउको दुख्ने ज्वरो आउने जस्ता सामान्य समस्या भने देखिएको उहाँले बताउनुभयो ।

Next Post

बाँकेमा दोस्रो चरणको कोरोना खोप अभियान शुरु

२०७७ फाल्गुन २, आईतवार ०७:५६
संवाददाता, नेपालगंज । बाँकेमा आजदेखी दोस्रो चरणको कोरोना खोप अभियान शुरु भएको छ । नेपालगंज स्थित भेरी अस्पताल र कोहलपुर स्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट खोप लगाईदै छ । जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, बैंकका कर्मचारी, पत्रकार लगायतले परिचय पत्रका आधारमा खोप लगाईरहेका छन । यो खोप अभियान […]