बाँकेमा दोस्रो चरणको कोरोना खोप अभियान शुरु

  ।   २०७७ फाल्गुन २, आईतवार १२:१८

संवाददाता, नेपालगंज ।
बाँकेमा आजदेखी दोस्रो चरणको कोरोना खोप अभियान शुरु भएको छ ।

नेपालगंज स्थित भेरी अस्पताल र कोहलपुर स्थित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट खोप लगाईदै छ । जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी, बैंकका कर्मचारी, पत्रकार लगायतले परिचय पत्रका आधारमा खोप लगाईरहेका छन ।

यो खोप अभियान यही फागुन ७ गतेसम्म चल्ने जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) बाँकेले जनाएको छ ।

Next Post

सरकार गठनको तीन वर्ष पूरा

२०७७ फाल्गुन २, आईतवार १२:१८
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको तीन वर्ष पूरा भएको छ । राजनीतिक स्थिरता, समृद्धि र सुशासनको नारासहित २०७४ फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो । आफ्नो नेतृत्वको सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको प्रधानमन्त्रीको दाबी छ । तर सरकारका काममाथि विभिन्न […]