२०३० को एसियाडको दाबी गर्दै कतारले गर्‍यो लोगो र नारा सार्वजनिक

  ।   २०७७ भाद्र १९, शुक्रबार १८:२०

सन् २०३० को एसियाली खेलकुद प्रतियोगिता आयोजना गर्ने पाउनुपर्ने दाबी गर्दै कतारले खेलको आधिकारिक लोगो र नारा सार्वजनिक गरेको छ ।

सन् २०२२ को विश्वकप फुटबलको आयोजना गर्ने तयारी गरिरहेको कतारले २०३० को २१ औं एसियाली खेलकुद राजधानी दोहामा गर्ने दाबी यसअघि नै गरिसकेको थियो ।

अहिले दोहा २०३० आयोजक शहरको दाबी कमिटीले त्यसको लोगो र नाराको अनावरण समेत गरेको छ ।

कतार ओलम्पिक कमिटीका अध्यक्ष तथा दोहा २०३० एसियन गेम्स बिडिङ कमिटीका प्रमुख शेख जोन बिन हमाद बिन खालिफाले कतारी खेलाडी र समितिका प्रतिनिधिहरुसँगै भर्चुअल रुपमा आधिकारिक लोगो र नारा सार्वजनिक गर्नुभएको हो ।

१२ खरीबाट

Next Post

बाँकेमा निषेधाज्ञाकै दिनमा थपिए ६० जना संक्रमित

२०७७ भाद्र १९, शुक्रबार १८:२०
बाँके जिल्लामा कोरोना संक्रमितहरुको संख्या १ हजार १ सय ९९ जना पुगेको छ । भेरी अस्पताल नेपालगंजको पीसीआर ल्यावमा आज ५७ जना र वागेश्वरी ल्यावमा ३ जना गरी नयाँ ६० जना संक्रमित थपिएसगैं संक्रमितको संख्या बढेको हो । साँझ ६ बजे सम्मको कोभिड–१९ अपडेट अनुसार संक्रमित मध्ये उपचारमा ३ सय […]