फिफा विश्वकपमा सहभागी हुने सबै ३२ टिमको टुंगो

  ।   २०७९ असार १, बुधबार १३:३२

संवाददाता ।

इन्टरकन्टिनेन्टल प्ले–अफमा कोस्टा रिकाले न्यूजिल्यान्डलाई १–० ले पराजित गरेर कतारमा हुने फिफा विश्वकप २०२२ मा स्थान बनाएसँगै विश्वकपमा सहभागी हुने सबै ३२ टिमको टुंगो लागेको छ । सहभागी ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ ।

जसअनुसार समूह ‘ए’ मा आयोजक कतारसँगै इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा इंग्ल्यान्ड, इरान, अमेरिका र वेल्स छन् । त्यसैगरी समूह ‘सी’ मा अर्जेन्टिना, साउदी अरेविया, मेक्सिको र पोल्यान्ड रहेका छन् ।

समूह ‘डी’ मा फ्रान्स, अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया परेका छन् । समूह ‘ई’ मा स्पेन, कोस्टा रिका, जर्मनी र जापान छन् । समूह ‘एफ’ मा बेल्जियम, क्यानाडा, मोरक्को र क्रोएसिया समेटिएका छन् ।

समूह ‘जी’ मा ब्राजिल, सर्विया, स्विटजरल्यान्ड र क्यामरुन रहेका छन् भने समूह ‘एच’ मा पोर्चुगल, घाना, उरुग्वे र दक्षिण कोरिया छन् ।

विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा आयोजना हुँदैछ । विश्वकपको उदघाटन खेल कतार र इक्वेडरबीच नोभेम्बर २१ मा हुनेछ । सोही दिन सेनेगल र नेदरल्यान्डसबीचको खेल पनि हुनेछ ।  #फिफा_विश्वकप

Next Post

नेपालगन्जको मौरी होटलमा  माओवादीले गर्‍यो जनप्रतिनिधिलाई सम्मान

२०७९ असार १, बुधबार १३:३२
   नेपालगन्ज ।  नेपाल कम्युनिस्ट पार्टी माओवादी (केन्द्र) बाँकेले आफ्नो पार्टीबाट निर्वाचित आठ वटै पालिकाका बिजयी जनप्रतिनिधिहरुलाइ सम्मान गरेको छ । माओवादी जिल्ला समन्वय समिति संयोजक डम्बर बिक (तुफान) को अध्यक्षतामा भएको सम्मान तथा प्रशिक्षण कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुलाइ सम्मान पत्र सहित प्रशिक्षण गरेको हो । नेकपा माओवादी केन्द्र बाँकेबाट स्थानीय […]