सन्दीपको टिम जमैकाद्वारा नाइट राइडर्सलाई १३६ रनको लक्ष्य प्रस्तुत

  ।   २०७७ भाद्र ५, शुक्रबार ०७:०२

काठमाण्डौ । क्यारेबियन प्रिमियर लिगमा आफ्नो दोस्रो खेलमा जमैका तलावाजले ट्रिनबागो नाइट राइडर्सलाई एक सय ३६ रनको लक्ष्य दिएको छ ।

ट्रीनिडाडमा रहेको ब्रायन लारा क्रिकेट स्टेडियमा टस हारेर ब्याटिङको निम्तो पाएको जमैकाले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।

निकै खराब सुरुवात गरेको जमैकाले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमायो भने १० रनमा दोस्रो तथा १९ रनमा तेस्रो विकेट खेर फाल्यो ।

उसका ओपन चान्डविक वाल्टोन र निकोलस र्किटोनले खाता खोल्न सकेनन् । यस्तै कप्तान रोभमन पावेलले आठ रन जोडे । जमैकाको पारीमा ग्लेन फिलिप्स र असिफ अलीले मध्यम साझेदारी गर्दै टिमको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर अली २२ रनमा आउट हुँदा जमैकाले ५८ रनमो चौथो विकेट गुमायो ।

त्यसपछि कार्लोस ब्रेथवेटले खाता खोल्न नसक्दा ६३ रनमा जमैकाले पाँच विकेट खेर फाल्यो ।

जमैकाका लागि फिलिप्सले ५८ रन बनाए भने एन्ड्र्यु रसेलले २५ रनको योगदान गरे ।

यस्तै सन्दिपले अन्तिम ओभरमा ब्याटिङको मौका पाएका थिए । जसमा उनले एक बल पनि खेल्न पाएनन् । अन्तिममा रमाल लुइसले १५ रन बनाए । उज्यालो अनलाइन

Next Post

आज तीज, शिवालय बन्द, घरघरमै मनाउन राष्ट्रपति भण्डारीको आग्रह

२०७७ भाद्र ५, शुक्रबार ०७:०२
काठमाण्डौ । आज हरितालिका तीज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ । आज व्रत बसेर शिव पार्वतीको पूजाआराधना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । गएराति मिठा एवं पोषिला परिकार दरका रुपमा खाएर व्रतको पूर्व तयारी गरेका व्रतालु आज बिहानै व्रत बसेर शिवालयमा गएर पूजाआजा गर्छन् […]

सम्बन्धित समाचार