पुनको नेतृत्वमा राप्तिसोनारी ७ निबुवाटार टोलविकास समिति गठन

  ।   २०८० पुष १७, मंगलवार १६:३१

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा न ७ निबुवा टार टोल विकास संस्थाको अध्यक्षमा कमल पुन निर्वाचित हुनु भएको छ । मंगलबार राप्ती सोनारी गाउँपालिका वडा ७ का वडाअध्यक्ष राम लखन थारूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ७ जना कार्यसमिती चयन भएको छ ।

अध्यक्ष पदमा निर्वाचित भए प्रश्चात अध्यक्ष पुनले संस्थाको सम्पुर्ण कार्यसमितिलाई बधाई दिदै राप्ती सोनारी गाउँपालिका भित्रको उत्कृष्ट संस्था बनाउन समेत आह्वावान गर्नु भएको छ ।

अध्यक्ष पुनले आफ्नो कार्यकालमा टोल भित्र चोरी डकैति तथा अन्य असामान्य गतिबिधिहरुको निगरानी गर्न आफ्नो भौगोलिक क्षेत्रभित्र CCTV राख्न गाउँपालिकामा योजना पेश गर्ने, टोलका बत्तिका पोलहरुमा जडित बत्तीहरुको नियमित मर्मत गर्ने,ढल्किएका तथा जिर्णरुपमा रहेका बिजुलीका पोलहरु फर्ने र वडा तथा प्राधिकरणमा पत्रचार गरी आवश्यक व्यवस्थापन गर्न पहल गर्ने, बाटोको निर्माण तथा मर्मत को लागि पालिकामा नियमित रुपमा योजनाहरु पेश गर्ने, टोलबासीहरुको आवश्यकता बमोजिम खानेपानी लाईनमा पानी सन्चालन गर्न सम्बन्धित संस्थामा अनुरोध गर्ने, विभिन्न संघ संस्थाहरुसगको समन्वयमा सामाजिक कार्यहरु रक्तदान एबम स्वास्थ्य शिविर संन्चालन गर्ने, त्यसैगरी टोलबासीहरु बिच सधै आपसी मेलमिलाप तथा धार्मिक सांस्कृतिक भावनालाई सम्बर्धन गर्न विभिन्न धार्मिक तथा सामाजीक कार्यहरुमा सहभागिता जनाउन पहल गर्ने, टोलको सौन्दर्य तथा वातावरण सुधारलाई ध्यानमा राखी समय समयमा वातावरण संरक्षण तथा फोहोर मैला व्यवस्थापन सँग सम्बन्धित संस्थाहरु सँग समन्वय गरी जनचेतना मुलक कार्यक्रमहरु संन्चालन गर्ने,एक घर एक बिरुवा कार्यक्रमलाई अनिवार्य गरी टोललाई हरियाली समाजको रुपमा परिचित गराउन पहल गर्ने , टोल विकास संस्थाका सदस्य तथा सदस्यका ७० बर्ष भन्दा माथिका आमाबुबाहरु लाई वार्षिक साधारण सभा तथा बिशेष कर्यक्रमको अबसरमा सम्मान गर्ने, यस्तो सम्मान ७० बर्ष पुगे पछी पहिलो पटक र दोहोरिने अवस्थामा हरेक ५ वर्ष पछि विशेष सम्मान प्रदान गर्ने, टोल विकास संस्थाका साधारण सदस्य तथा पदाधिकारीहरुको मृत्यु भएको अवस्थामा तेर्हौ पुण्य तिथि भित्र परिवारका सदस्यलाई भेटि समबेदना पत्र दिने साथै पछिको साधारण सभा वा विशेष कार्यक्रमको अवसरमा उक्त पदाधिकारीको योगदानको उच्च मुल्याकन गर्दै परिवारका सदस्यलाई निजको नाम उल्लेख गरिएको कदर पत्रले सम्मान गरिने र टोल विकास संस्थाले वडा कार्यालय सग समन्वय गरी हरियालि विकास कार्यक्रमका लागी पहल गरिने लगायतको साझा उदेश्य प्रस्तुत गर्नु भएको थियो ।

वडा अध्यक्ष थारुले टोलको विकासका लागि प्रतिबद्ध भएर लाग्न सुझाव दिदै टोल विकास संस्थाका पदाधिकारीहरुलाई बधाई दिनु भएको थियो । उहाँले छिट्टै पहिलो बैठक बसि अन्य सल्लाहकार सहितको पदाधिकारीहरुलाई पुर्णता दिने निर्देशन दिनु भएको थियो ।

टोल बिकास संस्थाको उपाध्यक्षमा अमर बहादुर घर्ती मगर, सचिव राम कुमारी थारु, कोषाध्यक्ष राम कुमारी सदस्यहरुमा क्रमश: कल्पना बुढा मगर, मान बहादुर थारु, दशैटी थारु, पुतला घर्तिमगर, प्रदेशनी थारु र पबित्रा थारु रहनु भएको सचिव राम कुमारी थारुले जानकारी दिनु भयो ।

Next Post

राप्तिसोनारी ७ का अध्यक्ष रामलखन सम्मानित

२०८० पुष १७, मंगलवार १६:३१
बाँके । राप्तिसोनारी गाउँपालिका अध्यक्ष रामलखन चौधरी सम्मानित हुनुभएकोछ । थारु मुक्तिमोर्चा बाँके जिल्ला अध्यक्षमा निर्वाचित भएपछि प्रेस सेन्टरका केन्द्रियसचिब सहितको टोलीले खादा ओडाएर सम्मान गरेको हो ।      सोमबार एक कार्यक्रम बीच उहाँकै गाउँमा सम्मान गर्न पाउँदरा खुशी लागेको प्रेस सेन्टर नेपालका सचिव सिराज खानले बताउनु भयो । […]

सम्बन्धित समाचार