काराबाखको एक सहर आफूले कब्जा गरेको अजरबैजानको दाबी, अर्मेनियाद्वारा अस्वीकार

  ।   २०७७ कार्तिक २४, सोमबार ०७:१८

एजेन्सी । अजरबैजानले विवादित नागोर्नो९काराबाखको एक सहर आफूले कब्जा गरेको दाबी गरेको छ ।

अजरबैजानका राष्ट्रपति इलहाम अलीयेवले नागोर्नो९काराबाखको शुशा सहर आफ्नो कब्जामा लिएको बताउनुभएको बीबीसीले जनाएको छ । अर्मेनियाको भाषामा यो सहरलाई शुशी भन्ने गरिन्छ । अर्मेनियाले भने अजरबैजानको यो दाबीलाई अस्वीकार गर्दै लडाइ अझै जारी भएको जनाएको छ ।

विवादित नागोर्नो काराबाख ४ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पहाडी इलाका हो । जुन सोभियत सङ्घ विघटन हुनुभन्दा पहिला स्वायत्त क्षेत्र बनेको थियो । पहिला यसलाई अजरबैजानका हिस्सा मानिन्थ्यो । तर अर्मेनिया र अजरबैजान दुवैले यसलाई आफ्नो क्षेत्र दाबी गर्ने गरेका छन् ।

यो क्षेत्रमा इसाई अर्मेनीयाली र तुर्क मुसलमानको बसोबास रहेको छ । विवादित यो क्षेत्रलाई लिएर अजरबैजान र अर्मेनियाबीच लामो समयदेखि मतभेद हुँदै आएको छ । सन् १९९० दशकको सुरुवातमा यो क्षेत्र विभाजित हुँदा त्यहाँ भएको लडाइमा दशौँ हजार मानिसहरू मारिएका थिए ।

सोभियत शासनका बेला साम्यवादी व्यवस्था रहेकाले जातीय र धार्मिक मतभेदहरूलाई दबाइएको थियो । तर सोभियत सङ्घ टुक्रिएर ती दुई देशहरु स्वतन्त्र भएपछि त्यहाँ जातीय र धार्मिक मदभेदहरू सुरु भएका मानिन्छ ।

Next Post

उखु किसानले बक्यौता रकम भुक्तानी मिलाईदिन मन्त्री भट्टलाई आग्रह

२०७७ कार्तिक २४, सोमबार ०७:१८
काठमाडौं । उखु किसानहरुले चिनि मिलबाट पाउनुपर्ने बक्यौता रकमको भुक्तानी छिटो मिलाईदिन सरकार समक्ष आग्रह गरेका छन् । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौं देखि नपाएको बक्यौता रकम भुक्तानी मिलाईदिन आग्रह गरेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश कुमार मिश्रले […]