बिद्यार्थिको क्षमता उजागर गर्न सृजनात्मक सामाग्री प्रदर्शनीको आयोजना

  ।   २०८२ जेष्ठ २५, आईतवार १३:३६

नेपालगन्ज । बर्दियाको गुलरिया नगरपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रर्दशनी सम्पन्न भएको छ ।

गुलरिया नगरपालिका वडा नम्बर ६ को आयोजनामा शिक्षा, युवा तथा खेलकुद शाखा, गुलरियाको समन्वय तथा बाँके युनेस्को क्लब र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा सो प्रर्दशनी सम्पन्न भएको हो ।

प्रर्दशनीमा गुलरिया नगरपालिकाका १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । सहभागि विद्यालयहरुका विद्यार्थीहरुले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसँग सम्बन्धित आफ्ना सिर्जनात्मक सामग्रीहरूको प्रदर्शन गरेको थिए । प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले यो प्रर्दशनी हेर्दा बिद्यार्थिहरुको क्षमता उजागर भएको र उनिहरुले भविष्यमा अतिनै राम्रा कामहर गर्न सक्ने देखिएको बताउनुभयो ।

भारतमा एपिजे एब्दुल कलामले मिसाईल बनाएको ईतिहास छ, त्यस्तै प्रकारले विद्यार्थी भाईबहिनीहरुले सिर्जना गर्नुहोस् त्यसमा हाम्रो पूर्ण साथ र सहयोग रहने छ ।’– नगरप्रमुख यादवले भन्नुभयो । उहाँले आगामी वर्षमा यस्ता सृजनात्मक कामका लागि पनि बजेट छुट्टाउने प्रतिवद्धता गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

त्यस्तै गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुधान्सुप्रकाश शर्माले प्रदर्शनीमार्फत विद्यार्थीहरूको सिर्जनशीलता, आविष्कारशीलता र प्रविधिमैत्री सोचलाई प्रवद्र्धन गर्न सकिने भएकोले विद्यार्थीहरुलाई स्ट्रीम गर्न उचित वातावरण विद्यालयले बनाईदिनुपर्नेमा जोड दिनुभयो । बाँके युनेस्को क्लबका उप–निर्देशक गोविन्द प्रसाद लामिछानेले बर्दिया जिल्लामा स्ट्रीमलाई आत्मसाथ गरेर बालबालिकाको सिकाइलाई बढावा दिन विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई जोड्ेर आजको नँया युगसँग प्रतिसप्रद्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नको लागी यो प्रर्दशनी आयोजना गरिएको बताउनुभयो । सो सृजनात्मक पर्दशनीमा श्री नेपाल राष्ट्रिय शम्भुशरण मावि खैरापुर प्रथम भयो भने बगलामुखी राधाकृष्ण मावि द्धितिय र धुव्र मावि तुल्सिपुर तृतिय भएको छ । प्रदर्शनीमा सहभागी सबै विद्यालयहरुलाई प्रमाण पत्र र सम्मान दिईएको गुलरिया नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयले जनाएको छ ।

विभिन्न बिद्यालयका बालबालिकाहरुलाई अन्य बालबालिकाहरुले निर्माण गरेको समाग्री हेर्न र बुझनका लागि प्रर्दशनीले सहयोग गरेको पनि सो कार्यालयले जनाएको छ ।

Next Post

नेपाल उद्योग व्यापार महासंघ पूर्वी रुकुम जिल्ला समन्वय समिति गठन, अध्यक्षमा पुन

२०८२ जेष्ठ २५, आईतवार १३:३६
पूर्वी रुकुम ।  नेपाल उद्योग व्यापार महासंघको पूर्वी रुकुम जिल्ला समन्वय समिति औपचारिक रूपमा गठन गरिएको छ। एक विशेष कार्यक्रममा नवगठित समितिको घोषणा तथा पदाधिकारीहरूलाई जिम्मेवारी प्रदान गरिँदै समिति गठन कार्यक्रम सम्पन्न भएको हो । समितिको अध्यक्षमा सुजन पुन चयन हुनुभएको छ भने उपाध्यक्ष (उद्योगतर्फ) कमल बुढा, उपाध्यक्ष (बाणिज्यतर्फ) लक्ष्मी […]