सोलुखोला हाइड्रोपावर प्रोजेक्टको आइपिओ साउन २९ मा खुल्दै

  ।   २०७८ श्रावण २४, आईतवार ०७:४५


सोलुखुम्बु । थुलुङदुधकोशी–३ पञ्चनमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको साहस ऊर्जा लिमिटेडले आयोजना प्रभावितलाई आइपिओ निष्काशन गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ दरले एक करोड पाँच लाख कित्ता साधरण शेयर निष्काशन गर्न अनुमति पाएको सहास ऊर्जाले पहिलो चरणमा आयोजना प्रभावितलाई ३५ लाख कित्ता शेयर निष्काशन गर्ने जनाएको छ। प्रभावितले साउन २९ देखि भदौ ११ सम्म आवेदन दिन सक्ने जनाइएको छ। उक्त समयाविधमा शेयर बिक्री नभएमा ढिलोमा भदौ २७ सम्म आवेदन दिन सकिने कम्पनीद्धारा जारी सूचनामा उल्लेख छ।

शेयर ग्लोबल आइएमई बैंक सल्लेरी, नेपाल इन्भेष्टमेन्ट बैंक लुक्ला, लक्ष्मी बैंक मुक्ली र नेले शाखा, माछापुच्छ्रे बैंक सल्लेरी र प्राइम कमर्शियल बैंक रमिते शाखाबाट आवेदन दिन सकिने जनाइएको छ। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने अध्यक्ष पाठकले बताउनुभयो।

आइपिओको निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आइपिओ निष्काशनपछि कम्पनीको चुक्तापुँजी बढेर ३ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ।

आयोजना ११ अर्ब ८६ करोड रुपैयाँमा बनिसक्ने अनुमान गरिएको छ। आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैँकको कन्सोर्टियम लिडमा ९ बैंकले ८ अर्ब ६५ करोड ऋण लगानी गरेका छन्।

जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्ला र थुलुङ दूधकोशी–१ नेलेमा पर्ने सोलुखोलामा ड्याम निर्माण गरी सुरुङ मार्ग मार्फत थुलुङदुधकोशी–३ पञ्चनमा पावर हाउस निर्माण गरिँदैछ। निर्माण कम्पनीका अनुसार अहिले आयोजनाको काम अन्तिम चरणमा पुगेको छ।

सोलुखोलामा २३।५ मेगावाट क्षमताको माथिल्लो सोलु खोला निर्माण सम्पन्न भएर उत्पादन सुरु भएको छ भने ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला जलविद्युत आयोजना, १९।५ मेगावटमा बेनी हाइड्रोपावर प्रोजक्टको काम पनि अन्तिम चरणमा पुगेको सम्बन्धित आयोजनाले जनाएका छन्। तर‚ उक्त कम्पनीले साधरण शेयर भने वितरण गरेको छैन।

Next Post

बार्सिलोनाबाट बिदाइबारे मेस्सी आज बोल्ने

२०७८ श्रावण २४, आईतवार ०७:४५
एजेन्सी । बार्सिलोनाबाट बिदाइबारे आएका सूचनाहरूबारे पहिलोपटक सार्वजनिक प्रतिक्रिया दिन विश्व प्रसिद्ध फुटबल खेलाडी लियोनल मेस्सीले आइतबार (आज) बार्सिलोनामा पत्रकार सम्मेलन गरी जानकारी दिने भएका छन्‌। क्लबले उनलाई २१ वर्षपछि त्यहाँबाट निस्कन लागेको घोषणा गरेको तीन दिनपछि बार्सिलोनाबाट बिदाइबारे आएका सूचना तथा बार्सिलोनासँगको लामो सहकार्यबारे लियोनल मेस्सीले सम्मेलनमा बोल्ने त्यहाँका […]

सम्बन्धित शीर्षक