पूर्वी रुकुम । नेपाल उद्योग व्यापार महासंघको पूर्वी रुकुम जिल्ला समन्वय समिति औपचारिक रूपमा गठन गरिएको छ। एक विशेष कार्यक्रममा नवगठित समितिको घोषणा तथा पदाधिकारीहरूलाई जिम्मेवारी प्रदान गरिँदै समिति गठन कार्यक्रम सम्पन्न भएको हो ।
समितिको अध्यक्षमा सुजन पुन चयन हुनुभएको छ भने उपाध्यक्ष (उद्योगतर्फ) कमल बुढा, उपाध्यक्ष (बाणिज्यतर्फ) लक्ष्मी घिसिङ, महासचिव विकाश बुढाथोकी, सचिव ओपेन्द्र बुढा रहनु भएको छ । साथै, समितिमा बसन्ती घर्ती, राज रसाइली, ज्ञानेन्द्र गौतम, माल बहादुर मल्ल, कविन्द्र कल्याण गौतम, पवित्रा हमाल घर्ती, र सोनाम सुनार सदस्यको रूपमा चयन हुनुभएको छ ।
उक्त कार्यक्रम नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय सदस्य मिनराज भण्डारी, यज्ञ बहादुर मल्ल, लुम्बिनी प्रदेश अध्यक्ष तारा कुमारी खती (रोकाया), उपाध्यक्ष खिमानन्द पौडेल, गन्जबहादुर बिष्ट, महासचिव महेन्द्र बुढाथोकी, सचिव शेशकान्त, सहकोषाध्यक्ष होमनाथ अधिकारी, सदस्य खेम डिसी, कृष्ण बहादुर पुन, साथै दाङ जिल्लाका महासचिव विकास ओलीको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले जिल्लामा उद्योग तथा व्यापार प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा व्यापारी हितमा समिति क्रियाशील रहने विश्वास व्यक्त गर्नु भयो । अध्यक्ष सुजन पुनले नवगठित समिति समावेशी, पारदर्शी र उत्तरदायी बनाउँदै व्यावसायिक हकहितको संरक्षणका लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो ।
नेपाल उद्योग व्यापार महासंघको यो संरचनालाई पूर्वी रुकुममा उद्योग र व्यापारको क्षेत्रमा नयाँ उत्साह, सहकार्य र संगठनात्मक स्थायित्वको संकेतका रूपमा हेरिएको छ।



