बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष शाह अस्पताल भर्ना

  ।   २०८० कार्तिक २३, बिहीबार १४:३३

बाँके । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको छातीमा समस्या देखिएपछि भारतको लखनऊमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना हुनु भएको छ ।

उहाँको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने नरैनापुर गाउँपालिकाका प्रेस बिज्ञ आलम खानले जानकारी दिनु भयो । ५४ वर्षीय अध्यक्ष शाहलाई छातीमा सङ्क्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

प्रेस विज्ञ खानका अनुसार गत वर्ष अध्यक्ष शाहलाई निमोनिया र इन्फिलुन्जाको संक्रमण भए पछि लामो समय भारतको लखनऊमा उपचार पश्चात निको भएर घर फर्किनु भएको थियो । उहाँ नियमित स्वास्थ्य परिक्षणका लागि भारतको लखनऊ पुग्नु भएको थियो सोही क्रममा छातीमा समस्या देखिएपछि अस्पताल भर्ना हुनु भएको हो ।

Next Post

२० रुपैयाँको विवादले अर्घाखाँचीका एक वृद्धको हत्या

२०८० कार्तिक २३, बिहीबार १४:३३
नेपालगन्ज । अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो । मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका बीस वर्षीय गोपाल नेपालीले मालारानीको […]