इङ्ग्ल्यान्ड र श्रीलङ्काबीचको अन्तिम एक दिवसीय क्रिकेट रद्द

  ।   २०७८ असार २१, सोमबार ०८:३६

काठमाण्डौ । घरेलु टिम इङ्ग्ल्यान्ड र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट रद्द भएको छ। वर्षाका कारण खेल हुन नसकेपछि अन्तिम एक दिवसीय क्रिकेट नतिजा विहीन भएको हो । इङ्ग्ल्यान्डको काउन्टी ग्राउन्ड ब्रिस्टोलमा श्रीलङ्काले इङ्ग्ल्यान्डलाई १ सय ६७ रनको लक्ष्य दिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४१ ओभर एक बलमा अलआउट हुँदै एक सय ६६ रन बनायो । उसका लागि दसुन सनाकाले सर्वाधिक ४८ रन बनाए । इङ्ग्ल्यान्डका टम कुरानले चार विकेट लिए । तर, पटक पटक पानी परेपछि इङ्ग्ल्यान्डले जवाफी ब्याटिङ गर्न नपाएपछि खेल रद्द भएको हो ।

अन्तिम खेल नतिजा विहीन भएसँगै इङ्ग्ल्यान्डले ३ खेलको श्रृङ्खला २–० ले जितेको छ । अघिल्ला दुई खेलमा इङ्ग्ल्यान्ड श्रीलङ्कालाई हराएको थियो । त्यस्तै इङ्ग्ल्यान्डले तीन खेलको ट्वान्टी ट्वान्टी श्रृङ्खला पनि ३–० ले जितेको थियो।

Next Post

अफगानिस्तानमा रहेका सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नुपर्छ स् तालिबान

२०७८ असार २१, सोमबार ०८:३६
काठमाण्डौ । अफगानिस्तानमा रहेका सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नु पर्ने तालिबानले बताएको छ । कूटनीतिक नियोग र काबुलमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ अमेरिकी फौजसहित एक हजार विदेशी सेना अफगानिस्तानमा बस्न सक्ने खबर सार्वजनिक भइरहेका बेला तालिबानको पछिल्लो भनाइ सार्वजनिक भएको हो । आफूहरु विदेशी सैन्य फौजको विरुद्धमा रहेको तालिबानले […]