एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानमा तालिबान समूहलाई तत्काल संघर्ष रोक्न आग्रह गर्नुभएको छ ।
तालिवनी विद्रोहीले एकपछि अर्को गर्दै मुख्य–मुख्य शहरहरु कब्जामा लिन थालेपछि महासचिव गुटर्रेसले यस्तो आग्रह गर्नुभएको हो । उहाँले बलपूर्वक गरिएका कुनै पनि कार्यको बदलामा शान्तिपूण रूपमा वार्ताको टेबलमा बसेर छलफल गर्न आग्रह गर्नुभएको हो ।
अमेरिकाको नेतृत्वमा रहेको नेटो सैनिक र अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि तालिवानीहरूले अफगान सेनासँग विभिन्न प्रान्तीय राजधानीहरुमा संघर्ष जारी राखेका छन् ।
जसका कारण पछिल्लो दुई हप्ता यतामात्र अफगानिस्तानबाट दुई लाखभन्दा बढी नागरिक विस्थापित भएका छन् भने भिडन्तमा सैयौं सर्वसाधारणको मृत्यु भइसकेको छ ।