एसईई परीक्षाका लागि आवेदन र रजिष्ट्रेशन फारम भर्ने समय तोकियो

  ।   २०७७ पुष १५, बुधबार ०७:१५

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईमा समावेश हुनका लागि आवेदन र रजिष्ट्रेशन फारम खुलेको छ ।

यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

अहिले कक्षा १० मा पढिरहेका विद्यार्थीहरुले रजिष्ट्रेशनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात कक्षा ८ उत्तिर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउन समेत बोर्डले आग्रह गरेको छ ।

यस्तै यो वर्षको कक्षा ९ मा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीहरुका लागि पनि रजिष्ट्रेशन फारम भर्न बोर्डले आग्रह गरेको छ । आउँदो वर्ष परीक्षा दिनका लागि भोलिदेखि माघ २१ गतेसम्म रजिष्ट्रेशन फारम भर्नुपर्ने बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको छ ।

सम्बन्धित विद्यालयहरुले आफ्नो विद्यालयमा नियमित अध्ययन गरिरहेका विद्यार्थीको विवरण पछिसम्म पनि फरक नपर्ने गरेर प्रमाणित गरी २०७७ सालको माघ मसान्तभित्र राजश्व शुल्कसहित फाराम शिक्षा विकास तथा समन्वय इकाईमा बुझाइसक्नुपर्ने छ । कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिले अन्योलकाबीच रजिष्ट्रेशन फारम र आवेदन फारम भर्ने समय ढिलो गरेर तोकिएको हो ।

Next Post

राजनीतिक बहसले सडक तातिदै

२०७७ पुष १५, बुधबार ०७:१५
धिरज चौधरी, नेपालगंज। देशमा फेरी एक पटक राजनीतिक बहसले सडक तातिरहेको छ । यही पौष ५ गते प्रधानमन्त्री केपी शर्मा (ओली) नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बिघटन गरे यता विभिन्न राजनीतिक दल भित्र पनि थरीभरीका चर्चा चलेका छन । कोभिड–१९ को विश्वब्यापी महामारीका बेला देशमा चलेको राजनीतिक द्वन्द्वका […]

सम्बन्धित समाचार