शिवरात्रीमा बागेश्वरीमा श्रद्धा र संवाद: उम्मेदवार दिपेन्द्र बिष्टको आस्था–सन्देश

  ।   २०८२ फाल्गुन ३, आईतवार १७:२९

सबिता चन्द

नेपालगन्ज । बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टले आइतबार शिवरात्री पर्वको अवसरमा बागेश्वरी मन्दिर पुगेर भगवान शिवको पूजा–आराधना गर्नुभएको छ । धार्मिक आस्थाको केन्द्रमा पुगेर उहाँले शान्ति, सद्भाव र समृद्धिको कामना गर्दै दीप प्रज्वलन र विधिपूर्वक पूजा सम्पन्न गर्नुभयो ।

पूजापछि बिष्टले मन्दिरका मूल पुजारी गुरु चन्दनाथ सँग टीका ग्रहण गर्दै आशिर्वाद लिनुभयो। सो अवसरमा उहाँले मन्दिरका पुजारीहरूसँग आत्मीय भेटघाट र भलाकुसारी गर्नुभयो। धार्मिक परम्परा, सांस्कृतिक पहिचान र समुदायबीचको सद्भावबारे छलफल गर्दै बिष्टले धार्मिक स्थलहरूको संरक्षण र व्यवस्थापनमा सबैको साझा जिम्मेवारी रहेको धारणा व्यक्त गर्नुभयो।शिवरात्रीजस्तो पावन पर्वमा मन्दिर पुगेर पूजा गर्नुले उम्मेदवार बिष्टको आस्था मात्र होइन, संस्कार र संस्कृति प्रतिको सम्मानलाई पनि उजागर गरेको स्थानीयले बताएका छन्। धार्मिक केन्द्रमा जनताको भावनासँग जोडिएर गरिएको यस भेटघाटले सामाजिक समन्वय र विश्वासको सन्देश दिएको उनीहरूको भनाइ छ।

स्थानीय स्तरमा संस्कृति, आस्था र विकासलाई सँगसँगै अघि बढाउने प्रतिबद्धता जनाउँदै बिष्टले यस्ता पर्वहरूले समाजलाई एकतामा बाँध्ने काम गर्ने उल्लेख गर्नुभयो।शिवरात्रीको दिन बागेश्वरीमा देखिएको यो दृश्यले आस्था र सार्वजनिक जीवनबीचको सन्तुलनलाई स्मरण गराउँदै चुनावी माहोलमा सकारात्मक ऊर्जा थपेको छ।

Next Post

सुशासन र पारदर्शिताका हिमायती दिपेन्द्र बिष्ट

२०८२ फाल्गुन ३, आईतवार १७:२९
सबिता चन्द नेपालगन्ज । राजनीतिप्रति बढ्दो अविश्वास र जनप्रतिनिधिप्रतिको निराशाबीच बाँके क्षेत्र नं. २ मा एउटा फरक धारको चर्चा हुँदैछ—सुशासन र पारदर्शितालाई मूल मन्त्र बनाएका उम्मेदवार दिपेन्द्र बिष्ट। भाषणभन्दा व्यवहार, नाराभन्दा नतिजा र पहुँचभन्दा जवाफदेहिता खोजिरहेका मतदाताका लागि बिष्टको राजनीतिक दृष्टिकोणले नयाँ बहस जन्माएको छ। बिष्टको अभियानको केन्द्रमा एउटै कुरा […]