बाँके । संघका केन्द्रिय अध्यक्ष अम्मर परियारले देशैभरीका भुमिहनको समस्या समाधानमा जुटि रहेको बताउदै भुमिहनको समस्या समाधान नेकपा माओवादी समेतको गठबन्धन सरकारले गर्ने विश्वास व्यक्त गर्नु भयो ।<span;>अखिल नेपाल सुकुम्बासी संघ बाँकेको भेला तथा प्रशिक्षण कार्यक्रम आईतबार कोहलपुरमा सो कुरा परियारले बताउनु भएको हो । भेलालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता एंव संगठनका ईन्चार्ज सन्त कुमार थारुले सुकुम्बासीको समस्या माओवादी पार्टीले मात्रै समाधान गर्ने बताउनु भयो ।
उहाँले माओवादी भुमिहीन सुकुम्बासी र अव्यवस्थीत वसोवासीहरुको पार्टी भएको भन्दै आगामी ६ महिना भित्र सम्पुर्ण भुमिहीनको लागत संकलन गरि जग्गा बितरण गरि सक्ने बताउनु भयो ।
कार्यक्रममा माओवादी नेतृ पुर्णा कुमारी सुबेदीले आगामी निर्वाचन अघि नै भुमिहीन सुकुम्वासी र अव्यवस्थीत बासोवासीको हात-हातमा पुर्जा बितरण गरिने बताउनु भयो । उनले गठबन्धन सरकारमा भुमिसुधार मन्त्रालय माओवादीको भागमा रहेको भन्दै भुमि सुधारलाई मौलिक हकका रुपमा रहेकाले सबै भुमिहीनलाई एक पटक राज्यले निशुल्क जग्गा दिने सांसद सुवेदीले बताउनु भयो ।
अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष अमर परियारले बास्तबिक भुमिहनले जग्गा पाउने गरि भुमिऐनको संसोधन गरि छिटो भन्दा छिटो जग्गा बितरण गर्ने गरि काम भई रहेको कुरामा जोडदिनु भयो । उहाँले भुमि आयोगमा भुमिहीन सुकुम्वासी र अव्यवस्थीत बसोवासीको समेत प्रतिनिधीत्व गराएर काम गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । सो बारेमा मन्त्रालय र आयोगका पदाधिकारी संग छलफल भई रहेको उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै माओवादी केन्द्र बाँकेका अध्यक्ष आईपि खरेलले माओवादी पार्टी मात्रै भुमिहीन र सुकुम्वासीको समस्या समाधान गर्ने बताउनु भयो ।
भेलाले तिलक राज सिजापतिको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कार्य समिती चएन गरेको छ । जसको बरिष्ट उपाध्यक्षमा अर्जुन कार्की, उपाध्यक्षमा भिम बहादुर भारती, सकुन्तला परियार, सचिवमा टिकाराम परियार कोषाध्यक्ष झुपलाल रावल रहेका छन ।