बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर फेरि निर्वाचित

  ।   २०७७ मंसिर १२, शुक्रबार ०७:५३

काठमाण्डौ । बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर फेरि निर्वाचित हुनुभएको छ ।

पर्याप्त बहुमतका साथ उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको निर्वाचन आयोगले घोषणा गरेको छ । काबोरले मतदानको पहिलो चरणमै ५७ दशमलव ८७ प्रतिशत मत ल्याएर पुनःराष्ट्रपतिमा निर्वाचित हुनुभएको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले जानकारी दिनुभयो ।

राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गर्नुभएको पनि निर्वाचन आयोगले जनाएको छ । उहाँसँगै प्रतिस्पर्धामा रहनुभएका इडी कोम्बोइगोले जम्मा १५ दशमलव ४८ प्रतिशत मत ल्याएर दोस्रो हुनुभएको छ भने अर्का उम्मेदवार जेफिरिन डिएब्रेले १२ दशमलव ४६ प्रतिशत मत मात्रै पाउनुभएको छ । उज्यालो अनलाइन

Next Post

गण्डकी, वाग्मती र प्रदेश एकका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना

२०७७ मंसिर १२, शुक्रबार ०७:५३
काठमाण्डौ । आज गण्डकी, वाग्मती र प्रदेश एकका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावका कारण गण्डकी, वाग्मती र प्रदेश एकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् […]

सम्बन्धित शीर्षक