पहिलो एक दिवसीय क्रिकेटमा भारतले श्रीलङ्कालाई सात विकेटले हरायो

  ।   २०७८ श्रावण ४, सोमबार ०७:२०

काठमाण्डौ । शिखर धवनको कप्तानीमा रहेको भारतले पहिलो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई सात विकेटले हराएको छ । जितसँगै भारतले तीन खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

कोलम्बोमा गएराति श्रीलङ्काले दिएको २ सय ६३ रनको लक्ष्य भारतले ८० बल बाँकी छँदै भेट्टायो । भारतका लागि कप्तान धवन र इशान किसनले अर्धशतकीय पारी खेले ।

धवनले ८६ र किसनले ५९ रनको योगदान गरे । यस्तै, पृथ्वी शले ४३, सूर्यकुमार यादवले ३१ र मनिष पाण्डेयले २६ जोडे । श्रीलङ्काका धनञ्जय सिल्भाले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६२ रन बनाएको थियो ।

श्रीलङ्काका लागि चामिका करुनारत्नेले ४३, कप्तान डसुन शनकाले ३९, चारिथ आश्लन्काले ३८, मिनोद भानुकाले २७ र भानुका राजपाक्षेले २४ रन बनाए ।भारतका दिपक चाहर, युजभेन्द्र चाहल र कुलदीप यादवले २र२ विकेट लिए । उज्यालो अनलाइन

Next Post

मुम्बईमा बाढीले घर भत्कायो, २५ जनाको मृत्यु

२०७८ श्रावण ४, सोमबार ०७:२०
एजेन्सी । भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। अत्यधिक वर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा पसेको थियो। बाढीले धेरै भौतिक संरचनामा क्षति पुर्‍याएको छ। भारतको आर्थिक राजधानी मानिने मुम्बईमा बाढीका कारण ठूलो आर्थिक क्षतिसमेत भएको अधिकारीहरूले जानकारी दिएका छन्। बाढीले रेल सेवालगायतका यातायात सेवा […]