गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखले लिए शपथ

  ।   २०७८ श्रावण १३, बुधबार १९:४५


काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र मन्त्रीहरुको सहभागीता थियो ।

Next Post

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा अख्तियारको छापा, कागजपत्र नियन्त्रणमा

२०७८ श्रावण १३, बुधबार १९:४५
धनगढी । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ । भर्खर सम्पन्न भएको आर्थिक वर्ष २०७७–७८ मा योजना सम्पन्न नहुँदै बजेट भुक्तानी दिएको उजुरी परेपछि बुधबार अख्तियारको कार्यालय महेन्द्रनगरको टोलीले नगरपालिकामा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको हो । अख्तियार महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीले नगरपालिकाले सडक […]