डब्ल्यूएचओको दाबीः अमेरिकामा संक्रमितको संख्या एक करोड १५ लाखसम्म पुग्ने

  ।   २०७७ भाद्र ३, बुधबार ०६:२९

एजेन्सी । कोरोनाभाइरस संक्रमणको विषयमा मंगलबार संसारभरीका केही खबर यहाँ बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

– फ्रान्सले धेरै कर्मचारी भएका कार्यालयमा मास्कको अनिवार्य प्रयोगको घोषणा गरेको छ । यो प्रावधान सेप्टेम्बरदेखि लागू हुनेछ ।

– विश्व स्वास्थ्य संगठनले चेतावनी जारी गर्दै २० देखि ४० वर्षका युवाले कोरोनाको संक्रमण संसारभरी फैलाइरहेको जानकारी दिएका छन् । उनीहरुले सतर्कता अपनाउनुपर्ने पनि डब्ल्यूएचओको निर्क्योल छ ।

– डब्ल्यूएचओका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोढ १५ लाखसम्म पुग्नेछ भने यतिबेला चार लाखको मृत्यु पनि हुनेछ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म ५६ लाख ५३ हजार बढी कोरोना संक्रमित रहेका छन् भने १ लाख ७४ हजारको मृत्यु भइसकेको छ ।

–जर्मनीकी चान्सलर एंगेला मर्केलले पछिल्ला तीन हप्तामा कोरोना संक्रमितको संख्यामा दोब्बरको वृद्धिलाई मध्यनजर गर्दै अब लकडाउनको प्रवाधानमा छुट नदिइने बताउनु भएको छ ।

– चीनको फर्मास्यूटिकल कम्पनी सिनोफार्मले वर्षको अन्त्यसम्म कोरोना भ्याक्सिन तयार गर्ने आशा व्यक्त गरेको छ ।

स्रोतः बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रिपोर्ट मोबाइलमै आउँछ, शंकास्पद व्यक्तिहरु प्रयोगशाला नआउनुस् : स्वास्थ्य मन्त्रालय

२०७७ भाद्र ३, बुधबार ०६:२९
नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको संक्रमण बढेसँगै पीसीआर परीक्षण गराउनका लागि नमुना दिएर आउने सर्वसाधारणलाई सचेत हुन आग्रह गरेको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै परीक्षणका नमुना दिन जाँदा अन्यलाई संक्रमण गराउन सकिने तथा नमुना दिएर फर्कँदा बाटोमा जहिले सुकै जोकोहीबाट संक्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन […]