यस्तो छ चीनबाट ४० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने तालिका

  ।   २०७८ असार २१, सोमबार ०८:४०

काठमाडौं । चीनबाट कोरोनाविरुद्धको खोप ल्याउने उडान तालिका सार्वजनिक भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले उडान तालिका सार्वजनिक गरेका हुन्। उनका अनुसार चीनबाट ४० लाख डोज खोप ल्याइनेछ।

नेपाल एयरलाइन्सलाई उद्धृत गर्दै डाक्टर भट्टराईले सार्वजनिक गरेको तालिकाअनुसार खोप लिन नेपाल एयरलाइन्सको विमान असार २४ गते बेइजिङ जाँदै छ। सार्वजनिक तालिकाअनुसार तीन पटकमा गरेर आउँदो साउन ८ गतेसम्म ४० लाख डोज खोप काठमाडौं आइपुग्नेछ।

भट्टराईले सार्वजनिक गरेको तालिका अनुसार २४ गते खोप लिन चीन गएको विमान २५ गते स्वदेश आइपुग्ने छ। त्यस्तै असार ३१ गते अर्को पटक खोप लिन नेपाल एयरलाइन्सको विमान चीन जाने छ। चीनबाट खोप लिएर साउन १ गते फर्किने छ।

तेस्रो पटक साउन ७ गते चीन गएर साउन ८ गते स्वदेश आइपुग्ने छ।

सरकार–सरकार (जीटुजी) ननडिस्क्लोजर एग्रिमेन्ट (गोप्य सम्झौता) गरेर खोप ल्याउन लागिएकाले यसबारेमा विस्तृत खुलाइएको छैन।

Next Post

माधव नेपालसहित २३ नेताको हस्ताक्षर फिर्ता गर्न ओलीले दिएको अल्टिमेटम सकिँदै

२०७८ असार २१, सोमबार ०८:४०
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ । गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकमार्फत अध्यक्ष ओलीले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम दिदै त्यो बेलासम्म हस्ताक्षर […]