नेपालगन्ज । राष्ट्रिय राजनीतिमा युवाहरूको भुमिका विषयक विचार विमर्श कार्यक्रम काठमाडौं स्थित युनिभर्सल क्याफेमा सम्पन्न भएको छ । आज बुधबार भएको सो कार्यक्रम समाजवादी ट्रेड युनियन महासंघ नेपाल केन्द्रीय युवा विभागद्वारा आयोजना गरिएको हो ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका प्रदेश अध्यक्ष सोनम सिं स्याङतान (विजय) ले राष्ट्रिय राजनीति भित्रको विकृति, विसंगतिाका कारण देशको सचेत युवा जनशक्ति निराश भएको र अबको वैकल्पिक राजनीतिक शक्ति भनेकै जनता समाजवादी पार्टी भएको भन्दै कार्यक्रमलाई तताउनु भयो । त्यसैगरी समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज दाहालले अाफ्नो मन्तव्यको क्रममा मजदुर संगठनको इतिहास र राणा शासन, राजतन्त्र, बहुदलीय प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र सम्म आइपुग्दा हरेक राजनीतिक क्रान्तिमा मजदुरहरूले ठुलो भुमिका खेलेको र त्यही राजनीतिक पार्टीका नेताहरू सत्तामा पुगेपछि मजदुरलाई बिर्सिने गरेको बताउनु भयो । “अब युवाहरु जुरमुराउने समय आएको छ” दाहालले भन्नुभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य दावा लामा जनता समाजवादी पार्टीका वाग्मती प्रदेशका सदस्य ठाकुर पोखरेल काठमाडौ जिल्ला सचिव समाजवादी ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय महासचिव केशवराज अधिकारी लगायतका केन्द्रीय समितिका नेताहरूको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सभापतित्व राम बहादुर गोले र कार्यक्रम सञ्चालन महासंघका वरिष्ठ उपाध्यक्ष मोलम लामाले गर्नुभएको थियो ।