कोहलपुर डायमण्ड स्टार द्वारा १३ परिवारलाई राहत वितरण

  ।   २०७८ जेष्ठ २७, बिहीबार १०:३५

पवन कुमार चौधरी

कोहलपुर | डायमण्ड स्टार एकेडेमी स्कुल परिवारले १३ घरपरिवारलाई राहत वितरण गरेको छ । बुधवार कोहलपुर-१२ मा रहेको सो विद्यालयले कोरोना भाइरसको दोस्रो लहरले थिला-थिला परेका १३ घर परिवारलाई राहत वितरण गरेको विद्यालयका प्रवन्धक तिमोथी ताम्राकारले बताउनु भयो ।

राहतका क्रममा प्रति परिवारलाई १ बोरा चामल र २ किलो दाल वितरण गरिएको थियो । लामो समयदेखि लकडाउन भएपछि गरिखाने बर्ग आर्थिक चपेटामा परेको र यस्तो अवस्थामा केही उपहार दिन सकेको भन्दै विद्यालयका प्रवन्धक ताम्राकारले खुशी प्रकट गर्नु भयो । ताम्राकारले भन्नुभयो ´ यो विसम परिस्थितिमा कोरोना भाइरसको दोस्रो भेरिएन्टले देशनै महामारीको सिकार भएको छ । यस्तो बेला गरिखाने बर्गको सानो भएपनि गर्जो टार्ने प्रयास मात्र हो ।`

विद्यालय प्रबन्धक ताम्राकारको अध्यक्षतामा शुरु भएको राहत वितरण कार्यक्रमको प्रमुख अतिथि पास्टर खेमराज परियारले गर्नु भएको थियो भने कार्यक्रम संचालन विद्यालयका हेडमास्टर शोभाराम बिएमले गर्नु भएको थियो ।

Next Post

सम्सेरगन्ज चर्च द्वारा ३० परिवारलाई राहत

२०७८ जेष्ठ २७, बिहीबार १०:३५
योगेश पाण्डे बाँके । राप्तिसोनारी गाउपालिका सम्सेरगन्जमा रहेको आराधना चर्चले ३० परिवारलाई राहत वितरण गरेको छ । सो चर्चका पास्टर लोकबहादुर थापका अनुसार प्रति परिवार १ बोरा चामल, २ केजि दाल, २ पोका तेल, १ पोका सोयाबिन र १ पोका नुन वितरण गरिएको छ । दया र भलाईको पाठ प्रभु […]

सम्बन्धित शीर्षक