सम्सेरगन्ज चर्च द्वारा ३० परिवारलाई राहत

  ।   २०७८ जेष्ठ २७, बिहीबार १३:१२

योगेश पाण्डे

बाँके । राप्तिसोनारी गाउपालिका सम्सेरगन्जमा रहेको आराधना चर्चले ३० परिवारलाई राहत वितरण गरेको छ । सो चर्चका पास्टर लोकबहादुर थापका अनुसार प्रति परिवार १ बोरा चामल, २ केजि दाल, २ पोका तेल, १ पोका सोयाबिन र १ पोका नुन वितरण गरिएको छ । दया र भलाईको पाठ प्रभु येशूबाट सिकेको बताउदै पास्टर थापाले यस्तो विषम परिस्थितिमा गरिखाने ३० परिवारलाई राहत वितरण गरेको बताउनु भयो । राहत वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा भेरी फ्यूचर ई. मि स्कुलका प्रबन्ध-निर्देशक  थोमस ताम्राकार, सचिव तिमोथी ताम्राकार लगाएतको उपस्थिति रहेको थियो ।

Next Post

दैनिक मजदुरी गर्ने ५० विपन्न परिवारलाई राहत

२०७८ जेष्ठ २७, बिहीबार १३:१२
रन्जित कुमार चौधरी बाँके । नेकपा माओवादी केन्द्र बाँकेले कोरोना कोष खडा गरि नेपालगन्जको सम्पुर्ण वडामा राहत वितरण अभियान सुरु गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अकल बमले बताउनु भयो । दैनिक मजदुरी गर्ने विपन्न समुदायलाई राहत स्वरुप दाल, चामल, नुन, तेल माक्स र सेनिटाईजर वितरण अभियान सुरु गरीएको बमले […]

सम्बन्धित समाचार