दैनिक मजदुरी गर्ने ५० विपन्न परिवारलाई राहत

  ।   २०७८ जेष्ठ २७, बिहीबार २३:१४

रन्जित कुमार चौधरी

बाँके । नेकपा माओवादी केन्द्र बाँकेले कोरोना कोष खडा गरि नेपालगन्जको सम्पुर्ण वडामा राहत वितरण अभियान सुरु गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अकल बमले बताउनु भयो ।

दैनिक मजदुरी गर्ने विपन्न समुदायलाई राहत स्वरुप दाल, चामल, नुन, तेल माक्स र सेनिटाईजर वितरण अभियान सुरु गरीएको बमले जानकारी दिनु भयो । राहत बितरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बमका अनुसार बिहिबार पहिलो चरणमा वडा नं. १९ र २० का विपन्न तथा असहाय परिवारलाई राहत विरतण गरीएको छ ।

नेपालमा दोस्रो भेरियान्ट्को कोरोना लहर सुरु भएसँगै लागु गरिएको लकडाउनका कारण समस्यामा परेका नगरवासीहरुलाई लक्षित गर्दै कोरोना कोष स्थापना गरि जनताको सेवामा लागेको माओवादी केन्द्र नेपालगन्ज नगर कमिटी अध्यक्ष डिल्ली बरालले बताउनु भयो ।

कोरोनाले भयावह रुप लिएको वेला माओवादी केन्द्रले बाँकेमा बसोबास गर्दै आइरहेका आर्थिक रुपमा कमजोर परिवारलाई निशुल्क उपचार, एम्बुलेन्स सेवा तथा निशुल्क पिसिआर परिक्षणका लागि समेत पहल गर्दै आएको बरालको भनाइ थियो ।बिहिबारबाट सुरु भएको राहत वितरण अभियान उपमहानगरपालिका क्षेत्रभित्रका सबै वडामा संचालन गरीने बरालले जानकारी दिनु भयो । अभियानको पहिलो दिन ५० जना विपन्न परीवारलाई राहत वितरण गरीएको र यसलाई हरेक दिन निरन्तरता दिईने बरालले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य नवीन शर्मा, नगर कमिटी सदस्य धर्मराज छत्याल, वसन्त मल्ल, मिना चदरा, उषा विक, नेपालगंज उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य मन्दिरा पाण्डे, वाणिज्य संघका एसोसिएट सदस्य दिपेन्द्र विष्ट लगाएतको सक्रिय सहभागीता रहेको थियो ।

Next Post

कारवाहि अगाडि नबढाउन सराेकारवालाकाे ध्यानकर्षण

२०७८ जेष्ठ २७, बिहीबार २३:१४
जुम्ला/ लकडाउनकाे अवधिमा काेभिड सक्रमणका कारण अगाडि बढाउन नमिल्ने मुद्दाकाे कारवाहि उच्च अदालत सुर्खेत जुम्ला ईजलाशले पिडितद्वारा दिएकाे पेशि स्थगितकाे निवेदनलाई छलछामका साथ लत्त्याएर अगाडि बढाईएकाे छ। नेपालमा दाेस्राे पटक काेराेना महामारिकाे सक्रमण तिब्र रुपमा बढे पछि सरकार २०७८ बैशाख ९ गतेबाट देशैभर लकडाउन ( निषेधाज्ञा) गरे पछि सर्वाेच्च अदालतले […]