सन् २०२२ मा चीनले खेतीयोग्य क्षेत्रफललाई स्थिर बनाउने

  ।   २०७८ पुष १५, बिहीबार १७:०२

संवाददाता ।

हालै सम्पन्न चीनको केन्द्रीय ग्रामीण क्षेत्र–कार्य सम्मेलनले आगामी वर्षमा चीनको कृषि, ग्रामीण क्षेत्र र किसान कार्यबारे योजना बनाएको छ ।

उक्त सम्मेलनमा चिनियाँहरूको भातको कचौरा जुनसुकै समयमा आफ्नो हातमा लिनुपर्ने र यो भातको कचौरामा चीनको अन्नबाली हुनुपर्ने कुरामा जोड दिइएको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क व्यूरोले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, सन् २०२१ मा चीनको अन्नबालीको कुल उत्पादित मात्रा ६८ करोड २८ लाख ५० हजार टन पुगेको थियो र जुन गत वर्षको सोही अवधिको तुलनामा २ प्रतिशतले बृद्धि भएको हो ।

यो चीनको अन्नबालीको कुल उत्पादित मात्रा लगातार सात वर्षसम्म ६५ करोड टनभन्दा बढी पुगेको छ ।

सन् २०२१ मा चिनियाँ किसानको प्रति व्यक्तिको वार्षिक आम्दानी १८ हजार चिनियाँ युआनभन्दा बढी पुगेको चाइना स्टेट कन्ट्रोलेड मीडिया सीआरआइ नेपाली सर्विसले जनाएको छ ।

Next Post

सन् २०२१ मा पनि प्रेस स्वतन्त्रता हननका घटना बढे

२०७८ पुष १५, बिहीबार १७:०२
संवाददाता, नेपालगंज। विगतका बर्षमा झै सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रह्यो । तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको नेपाल पत्रकार महासंघले अभिलेखीकरण गरेको छ । महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ […]