बाँसगढी बजारमै पाइन्छन, होमस्टेका खानेकुरा

  ।   २०७९ माघ २६, बिहीबार १२:२७

संवाददाता, बर्दिया

खानाका पारखीहरुको लागी खुसीको खबर छ । कोदोको ढिडो, लोकल कुखुराको मासु, ढिक्री, अर्गेनिक तरकारी र अचार जस्ता स्थानीय खानेकुराको स्वाद पाहुनालाई चखाउने उद्देश्यले चौतारी होटल एण्ड लज सञ्चालनमा आएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका ५ स्थित स्थानीय (खनाल चोक) मा बुधबारदेखी यसको औपचारिक सञ्चालन गरिएको हो ।

सत्खलुवा सिमसार क्षेत्र, खरैनी बर्दियामा होमस्टे (घरबास) समेत सञ्चालन गरी रहनुभएका स्थानीय सुरेश आचार्यले पाहुनाहरुको सुविधाका लागी आफुले चौतारी होटल एण्ड लज सञ्चालनमा ल्याएको जानकारी दिनुभयो ।

सत्खलुवा सिमसार क्षेत्रमा घुमफिर, पिकनिक पछि स्थानीय खानेकुरा खाई बजार क्षेत्रमै बास बस्न, कार्यक्रम आयोजना गर्न चाहानेहरुलाई यसले सहयोग पुग्ने उहाँले बताउनुभयो ।

साथैं अब कोदोको ढिडो, लोकल कुखुराको मासु, ढिक्री, अर्गेनिक तरकारी र अचार जस्ता स्थानीय खानेकुराको स्वाद चाख्न सत्खलुवा होमस्टेमै पुग्नुपर्ने छैन, बाँसगढी बजारमा नै सहज रुपमा खानेकुरा पाउन सकिनेछ ।

 

Next Post

माओवादीले टुङ्ग्यायो पदाधिकारी र स्थायी कमिटी सदस्य (सूचीसहित)

२०७९ माघ २६, बिहीबार १२:२७
संवाददाता । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको हो । बैठकले तत्कालीन […]