प्रहरी दिवसमा बिशेष कार्यक्रम

  ।   २०७८ आश्विन २०, बुधबार १३:४७

संवाददाता, नेपालगंज ।
६६ औं प्रहरी दिवसका अवसरमा आज नेपाल प्रहरीले बिशेष कार्यक्रमका साथ दिवस मनाईएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पनि एक समारोहका बीच अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण सहित माल्यार्पण गरेको छ ।

प्रहरी दिवस बिशेष कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल लगायत विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजिवी वर्ग, नागरिक समाजका अगुवाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईका प्रहरी कर्माचारीहरुलाई तथा प्रहरी कार्यमा सहयोग गर्ने र जग्गादाताहरुलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकज्युबाट प्राप्त कदर पत्र प्रदान गरियो ।

यसैगरी अमर प्रहरी परिवारजनलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।

साथै ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा बिभिन्न बिधामा संचालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस, कुर्सि दौड प्रतियोगिता संचालन गरिएकोमा खेलकुदमा प्रथम, द्वितीय, तृतीय हुनेलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Next Post

पर्यटकीय क्षेत्रमा बढ्यो चहलपहल

२०७८ आश्विन २०, बुधबार १३:४७
बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१४ बालेगाउँको मेरो प्लानेट फनपार्क । फोटो : गुडन्यूज साप्ताहिक संवाददाता, नेपालगन्ज । बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज १ असोजदेखि पर्यटकका लागि खुला गरिएका छन् । कोरोनाका कारण निकुञ्ज बन्द थियो । बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले सरकारले निर्धारण गरेको सबै स्वास्थ्य मापदण्ड अपनाएर अवलोकनका लागि […]