भन्सार नगरी ल्याईएका सामान बरामत

  ।   २०७७ फाल्गुन ६, बिहीबार १८:२१

संवाददाता, नेपालगंज
आज बिहान भन्सार नगरी नेपाल ल्याईएका दैनिक उपभोग्य बस्तु बरामत गरी नेपालगंज भन्सार कार्यालय बुझाईएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटि गएको प्रहरी टोलीले जानकी गाउँपालिका वडा नम्बर ६ पिप्रहवा चोकबाट सामानहरु बरामत गरेको हो ।

जसमा आलु ९७० किलो, प्याज ४५ किलो, लसुन ३५ किलो, नुन १४० किलो, चिनी ७० किलो, खुर्सानी १ किलो, तिल ४० किलो, सुर्ति २ पोका, मिठाई ३ डिब्बा, भेली ५ किलो, गुच्चा २ पोका, धुप ५ पोका रहेका छन ।

Next Post

आज राष्ट्रिय प्रजातन्त्र दिवसः स्वतन्त्रताका लागि ज्यानको आहुति दिने शहिदहरुको स्मरण

२०७७ फाल्गुन ६, बिहीबार १८:२१
काठमाडौं । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्रको उज्यालो किरण छाएको दिन फागुन ७ गतेको स्मरणमा आज देशभर हर्षोल्लासपूर्वक प्रजातन्त्र दिवस मनाईंदैछ । जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक बर्ष फागुन ७ गते यो दिवस मनाईंदै आएको […]